शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं।

सत्ता परिवर्तन भएलगत्तै जनता समाजवादी पार्टीभित्र गुट परिवर्तन सुरु भएको छ । जसपाको महन्थ ठाकुर पक्षबाट ५ सांसद उपेन्द्र यादव पक्षमा गएका छन् ।

आज बसेको जसपा संसदीय दलको बैठकमा ५ ठाकुर पक्षधर सांसद सहभागी भएका हुन् ।

उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी हुनेहरुमा प्रमोद साह, रुही नाज, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल छन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट झार्न सफल भएपछि नेपालको शक्ति एकाएक बढेको छ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति ह्वात्तै बढेको छ । विगतमा उनको कोटेश्वरस्थित निवासमा नेता कार्यकर्ताको आवतजावत् निकै पातलो हुन्थ्यो ।

विश्वासपात्रहरुले नै धमाधम छाडेपछि कतिपयले नेता नेपालको राजनीतिक अब सकिदै गएको अनुमान पनि लगाएका थिए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर आफ्नै दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट झार्न सफल भएपछि नेपालको शक्ति एकाएक बढेको हो ।

उनी अहिले नेपालको राजनीतिमा बलियो शक्ति बनेका छन् ।

नेपाललाई भेट्न कोटेश्वरमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्डका अलावा विदेशी राजदूतहरु पनि जान थालेका छन् । कोटेश्वरस्थित नेपाल निवासमा गाडी पार्किङ गर्नेहरु पनि बढ्न थालेका छन् ।

नेत्रविक्रम चन्द विप्लवले पनि नेपाललाई भेटिसकेका छन् । एमालेको ओली पक्षका नेता देखि उनी निकटस्थहरु पनि भेटघाटका लागि बढीभन्दा बढी जान थालेका छन् ।

२३ सांसद साथमा रहेका माधव नेपाल यतिबेला निर्णायक शक्ति बनेका छन् । उनले देउवालाई विश्वासको मत दिने निर्णय लिएपछि सरकार अर्को चुनावसम्म टिक्ने लगभग निश्चित भएको छ । नेपाली राजनीतिमा बल माधव नेपालको कोर्टमा आएको छ ।

त्यसो त माधव नेपालले राजनीतिमा चट्टाने अडान पनि लिए । उनले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावमा हस्ताक्षर गरे । पार्टीभित्र र बाहिरबाट चौतर्फी दबाबका सामु डगमग भएनन् ।

आफ्नै समूहका हस्तीहरुले साथ छाड्दा पनि नेपाल कत्तिपनि हलचल भएनन् । उनले अडान लिएरै देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेले । ओली सत्ताबाट हटे ।

अहिले ओलीले नेपालमाथि कारबाहीको चेतावनी दिएका छन् । तर, नेपाल अझै पनि डगमगाएका छैनन् । नयाँ दल खोलेर भएपनि सामना गर्ने तयारीमा लागेका छन् ।

माधव नेपाल पक्षले ६ वटा मन्त्रालय पाउने गोकुल बाँस्कोटाको खुलासा, एकताको लागि भीमसेन गुहारे

देउवालाई काँग्रेसभित्रबाट चुनौती, फ्लाेर क्रस हुनसक्ने

खड्गप्रसाद एण्ड कम्पनीले अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ

महाधिवेशनअघि नै कांग्रेसमा लफडा, सिन्धुपाल्चोकको विवाद केन्द्रमा पठाउँदा श्याम घिमिरेमाथि हातपात

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय