मंगलबार , चैत्र ६, २०८०

बालेनको एकपछि अर्को लोकप्रिय काम, दुई पाङ्ग्रे सवारी साधन हुनेहरुलाई खुशीको खबर | पूरा जानकारीका लागि तलकाे भिडियाे हेर्नुस्:-

अन्य समाचार :- प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्ष-तिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा रनवे सञ्चालनमा आउने गरी काम थाल्ने बताउनुभएको छ । सत्तारुढ दलका शीर्ष नेताहरू, मन्त्री र विज्ञसहितको टोलीले निर्माणाधीन विमास्थलको अवलोनकपछि प्रधानमन्त्री देउवाले कम क्ष-तिमा विमानस्थल निर्माण गरिने बताउनुभयो ।

 

ल्यान्ड गर्न नपाएर घण्टौ आकाशमा होल्ड हुने गरेको र कतिपय अवस्थामा भारत पठाउनुपर्ने रहेको स्मरण गराउँदै जसरी पनि निजगढ विमानस्थल बनाउनुनर्पेमा जोड दिनुभयो । विमानस्थल निर्माण्मा स्थानीय र प्रदेश सरकराको पनि सहयोग हुनुपर्ने बताउँदै उहाँले विमानस्थल मुलुककै आवश्यकता बनिसकेकाले एकजुट भएर लाग्नुको बिकल्प नरहेको उल्लेख गर्नुभयो ।

 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि उपयुक्त ठाउँ भएको बताउँदै प्रधानमन्त्री देउवाले गठबन्धन सरकारको अबको काम निजगढ बिमानस्थल निर्माण रहेको स्पष्ट पार्नुभयो । विधि र प्रक्रिया पूरा गरेर निजगढ विमानस्थललाई पूर्णता दिइने उहाँको भनाइ छ ।

 

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं सत्ताधारी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विमानस्थलको आवश्यकताले फास्ट ट्रयाक निर्माण भइरहेकाले विमानस्थल बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले काठमाडौंको विकल्पमा भैरहवा विमानस्थल हुन नसक्ने बताउनुभयो । वनको कम क्षतिमा दुईवटा रनवे बनाएर विमानस्थल सञ्चालन गनै सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

 

कार्यक्रममा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरूले पनि विमानस्थल बनाउने विषयमा आफू कटिबद्ध रहेको बताए । सर्वोच्च अदालतको पूर्ण पाठले निजगढमा विमानस्थल बन्न रोक नलगाएको निष्कर्षपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गरेका हुन् ।

 

सो अवसरमा अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरू निजगढ आइपुगेका थिए । शीर्ष नेतासहितको सरकारी टोलीले कार्यक्रमअघि विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएका थिए ।

 

सो अवसरमा प्रधानमन्त्री देउवाले सेनाको हेलिकोप्टरबाट विमानस्थलको मध्यविन्दु टागीया बस्ती निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय