शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं।

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेको केपी शर्मा ओली पक्षलाई खड्गप्रसाद एण्ड कम्पनीको संज्ञा दिँदै उसको अब न्यायपालिकामािथ पनि खड्ग चलाउने भूत चढेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् । उनले भनेका छन्-

“खड्गप्रसाद एण्ड कम्पनीले कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ! जो चोर उसको ठूलो स्वर भने झैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा७६(५)ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ!त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन र ?”

किर्ते कागजलाई मान्यता दिएर अल्पमतलाई सरकार बनाउन परमादेश दिइयो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशको फैसलाले दलीय संरचना समाप्त पार्ने बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले दलबाट निर्वाचित सांसदलाई दलीय ह्वीप नलाग्ने आदेश दिनु गलत भएको बताउनुभयो ।

किर्ते कागजलाई मान्यता दिएर अल्पमतलाई सरकार बनाउन परमादेश दिइएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री ओलीले आफूले पुनः जनादेशबाट सरकारको नेतृत्व गर्ने बताउनुभयो ।

उहाँले सर्वोच्चको आदेशानुसार नै आफू अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताउनुभयो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बाढी र पहिराबाट पीडितको क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गरिएको छ ।

बैठकले यस्तै कोरोना भाइरसविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउनसमेत आग्रह गरेको छ । बैठकमा अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा भएको सरकारले गरेका कामबारे जानकारी गराउनुभएको थियो ।

प्रमुख सचेतक भट्टराईले केही समयदेखि पार्टीका सांसद असन्तुष्ट भएर बैठकमा अनुपस्थित रहँदै आएको प्रति बैठकले गम्भीरतापूर्वक लिएको र कार्यदलले बुझाएको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एक ढिक्का बनाउनुपर्नेमा जोड दिएको बताउनुभयो ।

उहाँले असन्तुष्ट पक्षलाई समेटर अर्को बैठकमा उपस्थित गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सर्वोच्च अदालतको फैसलाको जनस्तरसम्म भण्डाफोर अभियान सञ्चालन गरिने समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय