शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं

नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा सम्पन्न हुँदैछ । तर, महाधिवेशनको मुखमा क्रियाशिल सदस्यताको विवाद र समायोजनको कारण लफडा सुरु भएको छ ।

विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेकाहरुको समायोजनाको लागि गठित समितिले आफ्नो काम गरिरहेको छ । यसको संयोजकमा विमलेन्द्र निधि छन् । सदस्यहरुमा विजयकुमार गच्छदार, प्रकाशशरण महत र दिपक गिरी छन् ।

यो समितिले विवाद समाधान गर्न नसके केन्द्रीय नेतृत्वलाई रिपोर्ट गर्ने गरेको छ । विवाद समाधान नभएका जिल्लामा सिन्धुपाल्चोकलगायत केही जिल्ला छन् ।

समितिले यसको विवाद समाधानको लागि नेतृत्वलाई सिफारिश गरेलगत्तै केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले यसबारेमा श्याम घिमिरेसँग गुनासो राखेका थिए ।

पछि समितिले काम गरिरहेको पशुपतिस्थित् धर्मशालामा सिन्धुपाल्चोकका क्षेत्रिय सभापति बालकृष्ण बस्नेतसहित १०/१२ जनाको युवाहरुको समूहले आफूमाथि हातपात गरेको घिमिरेले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनले आफूलाई ढाडमा सामान्य चोटपटक लागेको पनि सुनाए ।

र, चिकित्सकसमेत रहेका आफ्ना छोराको परामर्शमा अहिले अस्पताल जान लागेका पनि उनले जनाए ।

उक्त घट्नाबारे आफूहरुले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत रिपोर्ट गरिसकेको उनको भनाई छ । उनले भने,‘रमेश लेखकजीले सभापतिलाई रिपोर्ट गर्नुभएको छ ।’ उनले आफूहरुले मापदण्डअनुसार नै काम गरेको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय