काठमाडौं।
नेकपा (एमाले) का उपाध्यक्ष भीम बहादुर रावलले आवेश र उत्तेजनामा नआउन निवर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेबारे छलफलपछि निश्कर्षमा पुग्ने बताए ।
उनले एमाले विभाजन हुँदा कसैलाई पनि फाईदा नपुग्ने दाबी गरे । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेबारे सामूहिक छलफलपछि निर्णय गर्ने उनको भनाई छ ।
उनले आफू केपी ओलीको गुटमा नगएको र कुनै सम्झौता नगरेको जिकिर गरे । उनले आफू कसैको क्याम्पमा नगएको र भोलिका दिनमा पनि नजाने स्पष्ट पारे ।
याे पनि
आलमको मुद्दामा के गर्लान देउवा
देउवा प्रम भएपछि विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा
खुमलटारमा प्रचण्ड र विप्लवकाे भेटले ल्याउला त राजनीतिमा तरंग ?