शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं

नारायणहिटी राजदरबार ह’त्याका’ण्ड भएको आज २० बर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते पूर्वराजा वीरेन्द्र शाहसहित दश जनाको गो’ली प्र’हार गरी ह’त्या गरिएको थियो । त्यसैल जेठ १९ लाई नेपाली इतिहासमै कहा’लीलाग्दो दिनका रुपमा लिने गरिन्छ ।

पूर्वराजा वीरेन्द्र शाहको परिवारको सम्झनामा आज धेरैले सामाजिक सञ्जालमा तस्बिर शेयर गरेका छन् । यस्तै नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा सिवाकोटीले पनि पूर्वराजा वीरेन्द्र शाहलाई सम्झिएकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत उक्त घ’टना भएको २० बर्ष बिते पनि अझै बिर्सिन नसकिएको बताएकी छिन् । उनले जनताले तत्कालीन राजसंस्थालाई अझै पनि श्र’द्धाका साथ स्मरण गरिरहेको पनि बताएकी छिन् ।

उनले अहिलेको अवस्था हेर्दा सांस्कृतिक राजतन्त्र भए केही फरक नपर्ने जस्तो देखिएको पनि बताएकी छिन् । एउटा अभिभावक संस्थाको खाँचो परेको भन्दै उनले भनिन् – “एउटा अभिभावक संस्थाको खाँचो परेको छ, जसले थुप्रै छोटे राजाहरूलाई खबर’दारी गर्न सकोस।”

उनले भनेकी छिन् – “एउटा यस्तो घ’टना, जसले सम्पूर्ण देशलाई स्त’ब्ध बनायो, जनताले स्वभाविक हिसाबले टु’हुरो भएको महशुष गरे र सबैले भनें, कालो दिन। त्यो का’लो दिन घ’टेको पनि दुई दशक बित्यो तर जनताले त्यो दुर्घ’टनालाई अझै बिर्सिन सकेका छैनन्।”

“जनताले तत्कालीन राजसंस्थालाई अझै पनि श्र’द्धाका साथ स्मरण गरिरहेका छन्, अहिले त राजसंस्था पनि छैन तर अहिलेको अवस्था हेर्दा सांस्कृतिक राजतन्त्र भए केही फरक नपर्ने जस्तो प्रमाणित हुँदैछ। एउटा अभिभावक संस्थाको खाँचो परेको छ, जसले थुप्रै छोटे राजाहरूलाई खबर’दारी गर्न सकोस। जेठ १९ त्यो कालो दिनमा मा’रिएका सबैमा भावपूर्ण श्र’द्धा’ञ्जली ?” क्यानाडा नेपालवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय