शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

नेपालको राजनीतिक इतिहाँसमा प्रधानमन्त्री केपी शर्मा ओली चुतुर राजनीतिज्ञमा गनिन्छन्। भनिन्छ– आवश्यक्ता अनुसार ‘साम, दाम, दण्ड, भेद’ सवै खालका संयत्र र सुत्र परिचालन गर्न सक्ने खुवी छ–उनमा।

जानकारहरुका अनुसार आफ्नालाई काखी च्याप्ने र मन नपरेको मान्छेलाई अन्तिम अवस्थासम्म लखेट्ने उनको प्रवृत्ति छ। त्यसका लागि कसलाई प्रयोग गर्दा नतिजा आफनो पक्षमा पार्न सकिन्छ भन्ने उनलाई राम्रो ज्ञान छ।

यसैको नतिजाका रुपमा लामो समय वैंकमा जागिर गरेका युवराज खतिवडा अर्थमन्त्री भए। नेकपारएमाले र त्यसभित्र पनि आफनै समुहका धेरै नेताहरुलाई पाखा लगाएर उनले खतिवडालाई अर्थ मन्त्रालयमा भित्र्याए। त्यति मात्रले नपुगेर उनले खतिवडालाई अमेरिकाको राजदुत नै वनाएर पठाए । उनले मन परेकालाई कसरी च्याप्छन भन्ने कुरा खतिवडालाई मात्र हेरेपनि पुष्टि हुन्छ ।

अर्कोतर्फ, एमाले भित्र वरिष्ठ नेता माधव नेपाल र पार्टी एकिकरणपछि पुस्पकमल दाहाल ‘प्रचण्ड’ समेतलाई ओलीले सिद्याउने प्रयत्न गरिरहे। अहिले पनि उनको प्रयत्न यिनै दुई पात्रलाई ठेगान लगाउनमै केन्द्रित छ। दाहाल–नेपाललाई ठिक ठाउँमा राख्न सके आगामी निर्वाचनमा परिणाम आफु अनुकुल ल्याउन सकिने उनको आँकलन छ। आफना निकटवर्तीहरुसँगको कुराकानीमा उनले यस विषयमा खुलेरै कुराकानी गर्ने गरेका छन् ।

ओलीको यहि प्रकरण अन्तर्गत केहि दिनअघि चर्चामा आएका हुन– पुर्व प्रधान सेनापति रुक्मांगद कट्वाल। सर्वोच्च अदालतले संसद नभएका ब्यक्तिलाई पटक–पटक मन्त्री वनाउन नमिल्ने भन्दै फैसला सुनाएपछि ओली सरकारमा रहेका पुर्व माओवादी नेता रामवहादुर थापा ‘वादल’ पुनः पदच्युत भए ।

हुन त गृहमन्त्री बन्न एमाले भित्र पनि एकसेएक नेता लाईनमा छन् । महासचिव इश्वर पोखरेल स्वयम गृहमन्त्री वन्न हरसम्भव प्रयास गरिरहेका छन् । तर, ओली भने यहि मौकामा आफु अनुकुल र निडर गृहमन्त्री वनाएर प्रचण्ड र माधवलाई ठेगान लगाउने योजनामा थिए। त्यसैले उनको नजर कटवालमा पुग्यो। कट्वाल स्वयमले पनि गृहमन्त्री वन्न पहल त गरे तर विवाद हुन थालेपछि उनी स्वयम्ले इन्कार गरे ।

प्रधानमन्त्री ओलीले कट्वाललाई गृहमन्त्री वनाउन खोज्नुका पछाडि पनि अर्थपुर्ण कारण छ। प्रचण्ड प्रधानमन्त्री हुँदा नेपाली सेनाका प्रधान सेनापति थिए– रुक्मांगद कट्वाल। दुवैका विचमा राम्रो तालमेल नभएपछि प्रचण्डले कटवाललाई हटाएर दोस्रो वरियताका बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई प्रधान सेनापति तोकिदिए। तर, कट्वालले जिम्मेवारी छोड्न मानेनन्। त्यसैले २० वैशाख २०६६ मा एकै दिन नेपाली सेनाले ‘दुई प्रधानसेनापति’ पायो।

सरकारी आदेश पालना नगरेर सेनापति कटवाल नागरिक नियन्त्रणबाट बाहिर जान खोजेको आरोप सत्तारुढ दलको थियो भने कटवालले पनि माओवादीले सत्ता कब्जा गर्न खोजेको आरोप लगाए । र, विपक्षी दलको समर्थन आफ्नो पक्षमा जुटाए ।

त्यसै दिन साँझ राष्ट्रपति रामवरण यादवले समेत कटवाललाई पत्र लेखेर पद नछाड्न र प्रधानमन्त्रीले दिएको निर्देशनको उल्लंघन गर्न भनेपछि प्रकरण उत्कर्षमा पुग्यो । अन्ततः तत्कालीन सरकार प्रमुख प्रचण्ड र रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ले राजीनामा दिनुप¥यो ।

यहि प्रकरणका कारण कटवाल गृहमन्त्रीका लागि ओलीको रोजाईमा परेका हुन। तर, विवाद वढ्दै गएपछि कटवाल पछि सरेकाले ओलीको योजना पुरा हुन पाएन।

तर, ओली यति मै निच मारेर नवस्ने विश्लेषकहरु वताउँछन्। ओलीले अव गृहमन्त्रीका लागि राजावादीभित्र खोजी सुरु गरेको उनीहरुको भनाई छ। राजावादीवाट गृहमन्त्री वनाउँदा उक्त समुहलाई समेटेको र मर्यादा राखेको देखिने तथा आफनो योजना अनुसार प्रचण्ड र माधवलाई साईजमा राख्न पनि सकिने भएकाले ओलीले राजावादीहरुको विचमा खेल्न सुरु गरिसकेको उनीहरु वताउँछन् ।

राजावादी भित्र पनि उपर्युक्त ब्यक्तिको खोजी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको नाम पनि गृहमन्त्रीको चर्चामा रहेको जानकारहरु वताउँछन् ।

जनआन्दोलनका समयमा थापा नै गृहमन्त्री थिए । उनले राजनीतिक दलहरुलाई ठेगान लगाउन सकेसम्मको तागत लगाएको नेताहरु वताउँछन् । उनले राजनीतिक दल र तिनका नेताहरुलाई ठेगान लगाउने तानावाना वन्दै गर्दा कपी ओली भने ‘वयल गाडा चढेर अमेरिका पुगिंदैन’ भन्दै निच मारेर वसेका थिए ।

त्यसैले प्रचण्ड–माधवलाई तह लगाउन थापा पनि एक पात्र हुन सक्ने भएकाले ओलीको रोजाईमा थापा पर्न सक्ने सुत्रको दावी छ। थापालाई गृहमन्त्री वनाउने विषयमा आन्तरिक छलफल र तयारी समेत भईरहेको र त्यहाँ कुरा नमिले अन्य विकल्प समेत खोजी भईरहेको श्रोत वताउँछ।

कमल थापा सुटुक्क बालुवाटार पुगे

राप्रपाका अध्यक्ष कमल थापा जेठ १० गते सुटुक्क बालुवाटार पुगे । बिहान साढे १० बजेतिर बालुवाटार प्रवेश गरेका उनी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गोप्य भेटवार्ता त्यतिबेला भयो, जतिबेला ओली प्रतिनिधिसभा भंग गरेर चौतर्फी आलोचित थिए ।

विघटित प्रतिनिधिसभामा जम्मा एक सिट रहेको कमल थापाको पार्टी र संसदमा १२१ सिट रहेको केपी ओलीको पार्टीबीच वैचारिक रुपमा आकाश–जमिनको फरक छ । तर, ओली र थापाबीच यति निकटता छ कि विगतमा सत्ता सहकार्यदेखि लिएर चुनावी गठबन्धनका साथ विभिन्न मुद्दामा पनि सहकार्य हुँदै आएको छ ।

पछिल्लो समय गत जेठ ६ गते बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभाको एक पदमा भएको उपनिर्वाचनमा कमल थापाकै जोडबलमा राप्रपाले एमाले उम्मेदवार रामबहादुर थापा बादललाई सघाएको थियो । पार्टीमा बृहद छलफल नगरी एमालेलाई सघाएको भन्दै राप्रपाको कार्यकर्ता तहबाट विरोधसमेत भएको थियो ।

संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको पक्षपाती राप्रपाले गणतन्त्र र धर्मनिरपेक्षताका साथै संघीयताको समेत घोर विरोध गर्दै आएको छ । उसो त आफ्नो गतिविधिका कारण प्रधानमन्त्री ओली कम्युनिस्ट नेता भए पनि हिन्दुधर्मतिर झुकाव देखाएको महसुस गर्नेहरु पनि कम छैनन् ।

पार्टी विभाजन हुँदै राजनीतिकरुपमा कमजोर धरातलमा पुगेका ओलीले अन्तिम अश्रका रुपमा चुनावमा हिन्दु राष्ट्रको एजेण्डा ल्याउन सक्ने टीकाटिप्पणी समेत हुँदै आएको छ । ओली–थापा एजेण्डाका हिसावले दुई किनारामा रहे पनि विगतका उदाहरण र पछिल्लो क्रियाकलापले उनीहरुबीच ‘पोलिटिकल रिलेशसन’ अचम्मलाग्दो देखाएको छ ।

उसो त जनाधार कमजोर रहेको राप्रपाका अध्यक्ष थापाले ओलीले प्रतिनिधिसभा विघटन गरेर राम्रो गरेको बताउँदै आएका छन् । पछिल्लो समय प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशमा जानुपर्ने पक्षमा रहेका थापाले जेठ ८ गते अबको कार्यभार भन्दै ट्वीटरमा भनेका थिए, ‘स्वास्थ संकटकाल घोषणा गर्ने, सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालन गरी ३ महिनाभित्र कोरोना महामारी नियन्त्रण गर्ने, आम नागरिकलाई खोपको व्यवस्था गर्ने, चुनाव निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने, चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्ने ।’

स्रोतका अनुसार राप्रपा अध्यक्ष कमल थापाले आफू निकटसँग ओली सत्ता सहकार्यका लागि सकारात्मक वातावरण बनेको र त्यसका लागि आफू पनि माहोल बनाउन लागिपरेको बताउने गरेका छन् । सो कुराले अहिलेसम्म राप्रपाको बैठकमा औपचारिक रुपमा प्रवेश नपाए पनि पार्टीभित्र चर्चाको विषय भने बनेको छ ।राप्रपा नेता जगत गौचनले अहिलेको अवस्थामा पार्टी सरकारमा जाने भन्ने कुरा सोच्न पनि नसकिने बताए । उनले यसबारे पार्टीमा कुनै छलफल नभएको र अहिलेको कार्यभार सरकारमा जानेभन्दा पनि पार्टी बनाउने रहेको बताए ।

तत्कालीन राप्रपा र राप्रपा प्रजातान्त्रिक एक भएर बनेको राप्रपाको अहिलेसम्म पनि एकता महाधिवेशन भएको छैन । एकतापछि तीन अध्यक्ष भएको राप्रपामा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा सरकारमा जाने भन्ने प्रस्ताव सुन्न पनि तयार छैनन् । यही बुझेका थापाले पार्टीमा छलफल नचलाएको र बाहिर नै आफू निकटस्थबाट सरकारमा जानेबारे चर्चा चलाएको ती नेताको भनाइ छ ।विगतमा पनि सरकारमा जाने बारेमा राप्रपामा विवाद रहेको र सोही कारण पार्टी विभाजितसमेत बनेको तीतो यथार्थका बीच फेरि सरकारमा जानेबारे चर्चा सुरु भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली आफ्नो पक्षमा माहोल बनाउनका लागि राप्रपालाई पनि जसपालाई जसरी नै सरकारमा ल्याउन चाहन्छन् । त्यसका लागि उनको दुईवटा स्वार्थ छ, राप्रपालाई सरकारमा सहभागी गराए सो पार्टीमा बचेखुलेको धार्मिक भोट छिन्नभिन्न हुने उनको बुझाइ छ । अर्को, आगामी दिनमा हिन्दु सेन्टिमेन्ट तान्न राप्रपालाई एक हुन दिन नहुने बालुवाटारको विश्लेषण छ ।

प्रतिनिधिसभा विघटन सर्वोच्चबाट सदर भए ओली वैधानिक रुपमा चुनावमा होमिन पाउनेछन् । त्यसका लागि सहज वातावरण बनाउन उनले कमल थापालाई सहयात्रीको रुपमा उपभोग त गर्ने नै छन् । कमल थापा संघीय सांसद नरहे पनि संविधानले दिएको अधिकारलाई उपयोग गरेर ६ महिनासम्म सरकारमा सामेल हुनका लागि आतुर रहेको स्रोत बताउँछ ।

दैनिकन्यूज नेपालवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय