शनिबार , बैसाख १५, २०८१

“काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनेकौं प्रतिकुलतामा पनि विगत तीन वर्षमा नेपालले उल्लेख्य प्रगति हाँसिल गरेको बताउनुभएको छ । शुक्रबार प्रि–बजेट र नीति तथा कार्यक्रमबारे सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगत तीन वर्षमा नेपालले उल्लेख्य प्रगति हाँसिल गरेको बताउनुभएको हो ।”

“उहाँले भन्नुभएको छ, ‘संविधान कार्यान्वयन र संघीयताका सुदृढीकरण, आर्थिक बृद्धि, राजनीतिक महत्वका पूर्वाधारका विकास, रणनीतिक महत्वका पूर्वाधारका विकास, सामाजिक न्याय र सुरक्षा, राष्ट्रियताको सम्बद्र्धन एवं सुशासनको क्षेत्रमा योजनाबद्ध हाम्रो प्रयासहरुको प्रतिफल देखिन थालेको छ ।”

“त्यस्तै उहाँले संविधान पूर्ण कार्यान्वयनमा आएको उल्लेख गर्दै थप भन्नुभएको छ, ‘संघीय प्रणाली संस्थागत र क्रियाशील भए । लामो समयदेखि रिक्त रहेका संबैधानिक निकायहरुले पूर्णता पाएको छ । ५० भन्दा बढी कानूनहरु बनेका छन् ।’”

“यसैबीच उहाँले पृथकताबादको अभियान चलाइरहेरको समूह विखण्डनको बाटो छोडेर राष्ट्रिय अखण्डताको पक्षमा उभिन सहमत भएको पनि बताउनुभएको छ ।”

‘”हिंसाको बाटो हिँडिरहेको समूह हिंसा परित्यग गर्दै सबै राजनीतिक गतिविधिहरु शान्तिपूर्ण सञ्चालन गर्न सहमत भएको छ’, उहाँले भन्नुभयो, ‘संविधानको सर्वस्वीकार्यता स्थापित भएको छ । मुलुक हिंसात्मक द्वन्द्धबाट मुक्त हुनु र पृथकताबादी गतिविति अन्त्य हुनु यस कालखण्डको महत्वपूर्ण उपलब्धिको रुपमा पछिसम्म पनि अंकित रहनेछ ।’”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय