शुक्रबार , बैसाख १४, २०८१

काठमाडौ । विहिवार नेपालगन्ज स्थित भेरी अस्पतालमा भएको घटनामा संलग्न ब्यक्तिसंग लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नाम जोडिएको छ । घटनामा संलग्न भनिएका एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानवहादुर रावत मुख्यमन्त्रीका नजिकका ब्यक्ति भन्दै नाम जोडिए पछि नेता पोखरेलले प्रतिक्रिया दिएका छन् । उनले घटनामा संलग्नहरुलाई का र वाही हुने बताएका छन् । विहिवार साँझ उपचारार्थ एक जनाको निधन भएपछि आफन्तहरुले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हा त पा त गरे का थिए ।”

“लखेटेरै आ क्र म ण हुन थालेपछि स्वास्थ्यकर्मीहरुले एक तला माथिवाट हा म फा ले र ज्या न जो गा एका थिए । मुख्यमन्त्री पोखरेलले घटनामा निष्पक्ष छानविन गरिने प्रतिवद्धता जनाएका छन् । उनले दोषीलाई कारवाही गरिने पनि बताए। बिहीबार बेलुकी ८ बजे संक्रमित बिरामीको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि हात पात गर्दै अस्पताल तोडफोड गरेका थिए।”

“शुक्रवार बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ। निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही हुनेछ।’ घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।”

“रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो। उनी संक्रमित भएका थिए । गम्भिर अवस्थामा रहेका रावतलाई स्वास्थ्यकर्मीले नै भेन्टिलेटरमा राख्न सुझाव दिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।”

“उपचारकै क्रमा संक्रमितको मृत्यु भएपछि उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि हात पात गरेका थिए। घटनामा डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय