शनिबार , बैसाख १५, २०८१

चर्चित गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिएसगै चर्चा सकिएको छ । अञ्जु पन्तले थीर कोइरालासँग विवाह गर्न गरेकि । तपाईंलाई जानकारी गराउ कि यो उनको दोस्रो विवाह हो । उनले छोरी परितोशिकाको अनुरोधका कारण विवाह गर्न लागेको स्रोतको दावी छ । परितोशिकाले केही अन्तरवार्ताहरुमा आफुले आमालाई दोस्रो विहेका लागि अनुरोध गरेको कुरा बताउँदै आएकी थिइन् ।

गायिका पन्तले यसअघि गायक मनोजराज सँगको वैवाहिक जीवन कानूनी रूपमा टुङ्ग्याएकी थिइन् । यद्यपि गायिका पन्त स्वयंमले आफ्नो विवाहका बारेमा भने पछिल्लो केही समय अवदिभरि केही पनि बताएकी थिइनन् तर पछिल्लो समय भने खुलमखुल्ला नै जिकिर गर्दै आएकि थिइन र नभन्दै बैवाहिक गाठोमा बाधिए पनि। कामको कुरा गर्दा उनी अहिले नेपाल टेलिभिजनबाट प्रशारण हुने वाईवाई नेपाल स्टारमा निर्णायकको रुपमा रहेकी छिन् ।

संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गरेकि हुन् ।इलामका थिर कोइरालासँग उनको बिहे हुन भएको हो । उनी एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।
थिर कोइरालाले आफूहरु एक वर्षदेखि प्रेममा रहेको बताएका छन ।

उनले भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाह हुँदै थियो । तर बजारमा हल्ला भएपछि दबाब भने भएको छ ´ थिरले बताएका थिए नभन्दै त्यो चर्चा र हलेला बास्तबिकतामा परिणत हुन पनि समय लागेन ।

थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएको थियो ।यसपछि उनीहरु नजिकिएका हुन । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले सेयर गरेको देखिन्छ ।

अहिले भने बिवाह पछि अन्जु पन्त र थिर कोइराला नन्दा सिहले सन्चालन गर्दै गरेको आश्रममा पुगेका छन् ।ब्याग कपि कलम लगायतको सामाग्री लिएर पुगेका थिए । नन्दा सिहले अनाथ बालबालिकालाई हेर्दै आएकि छिन् ।उनको बिवाह रमेश प्रसाईसग भए पनि उनले आफ्नो कर्मलाई भने छाडिनन् ,सलाम छ नन्दा ।

एक संचारकर्मिको प्रश्न उपर जवाफ दिदै आफू आमा र रमेश प्रसाईं बुवा बन्न लागेको कुरालाई नन्दाले स्विकार गर्कि छिन् ।

अहिले टीका सानू र नन्दा सिह एकैसाथ मिडियामा आएका छन् ।टीका सानू लोक गायनको अमर नाम भैसकेको छ ।इन्द्रेणी कार्यक्रममा टीका सानुको प्रस्तुतिले जोकोहिलाई मन्त्रमुग्ध बनाउदै आएको कुरा सर्वबिधित नै छ ।पछिल्लो समय उनको चर्चा र उचाइका सफलताहरु पनि प्रसस्तै देखिन्छन् ।उनी बेलाबेला मिडियामा आइनै रहन्छिन् ।

दुबै नन्दा र टीका सानुले एकदमै राम्रो ढंगबाट दोहोरि समेत खेले र एकदमै रमाइलो भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय