शनिबार , बैसाख १५, २०८१

प्रियंका चोपडाले बलिउडदेखि हलिउडसम्म आफ्नो फिल्मी करियरमा एउटा ठूलो सफलता हासिल गरेकी छिन् ।
फिल्मबाहेक पनि उनले सामाजिक कार्य र लेखनको क्षेत्रमा आफ्नो छुट्टै स्थान स्थापित गरेकी छिन् ।

उनी आफ्नो लुक्स र स्टाइलिश अन्दाजले सबैको मन जित्दै चर्चाको केन्द्रसमेत बन्दछिन् । यो जोडीको तस्बिर सार्वजनिक हुने बित्तिकै इन्टरनेटमा सबैतिर छाउने गर्दछ ।

प्रियंका चोपडा र उनका पनि निक जोनस एकदमै सुपर जोडी मानिन्छ । दुबैजनाले इन्ष्टाग्राममा आफ्ना रोमान्टिक तस्बिरहरु सार्वजनिक गरि रहन्छन् ।

बिलबोर्ड म्युजिक अवार्ड २०२१ मा सहभागि भएपछि प्रियंका शुटका लागि गएकी छिन् । जानु भन्दा अघि उनले फोटो शेयर पनि गरेकी छिन् । जसमा उनले निकलाई निक्कै मिस गरिरहेको बताएकी छिन् ।

जुन फोटो प्रियंकाले शेयर गरेकी छिन् त्यसमा प्रियंकाको लिपस्टिकको निशान समेत प्रष्ट देखिएको छ । उक्त निशान लाई प्रियंकाले हाइलाइट समेत गरेकी छिन् ।

उनले निकको टाउकोमा उनको लिपस्टिकको निशान रहेको र उनलाई आफुले एकदमै मिस गरिरहेको बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय