शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं, ३ जेठ ।

आजभन्दा ठिक २८ वर्ष अघि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा जीप दुर्घ’टनामा मृ’त्यु भएको थियो । उक्त घटनालाई एमालेले ‘रह’स्यमय’ भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरेपछि जाँचबुझ आयोग नै गठन भएको थियो ।

मदन भण्डारी र जीवराज आश्रितको मृ’त्युलाई एमालेले अझै पनि शं’का’स्पद मानेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गर्दै श्र’द्धा’ञ्ज’ली दिंदा समेत दुर्घ’टनालाई र’ह’स्यमय उल्लेख गरेका छन् । एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दु’र्घ’टनालाई रह’स्य’मय भन्दै यथार्थ पत्ता लगाउन माग गरेका छन् ।

एमाले नेतृत्वको सरकार पटक पटक बनिसकेको छ । मदन भण्डारीसँग नजिक रहेर काम गरेका केपी शर्मा ओली देशका प्रधानमन्त्री छन् । माधवकुमार नेपाल पनि प्रधानमन्त्री बनिसकेका छन् । एमालेबाट झलनाथ खनाल पनि ९ महिना प्रधानमन्त्री भएका थिए । मनमोहन अधिकारीको ९ महिने एमाले सरकार पनि बनेको थियो । तर, रहस्य पत्ता लगाउन एमाले नेतृत्वको सरकार सफल हुन सकेको छैन ।

माधव नेपालले त घट’नासँग सम्बन्धित अमर लामाको ह’त्याबारे समेत उल्लेख गरेका छन् । उनले घुमाउरो तरिकाले लामाको ह’त्या हुनुले घट’नालाई अझ रह’स्य’मय बनाएको तर्क गरेका छन् । नेताहरु सत्ता बाहिर रहँदा दासढुङ्गा दु’र्घट’नाबारे क’डा स्वरले वर्षमा एकपटक बोल्ने तर सत्तामा पुगेपछि यथार्थ पत्ता लगाउन गम्भीर नहुने शैली अझै देखिएको छ । भण्डारी र आश्रितको मृ’त्युको रह’स्य पत्ता लगाउन एमाले नेतृत्वको सरकार नै ग’म्भीर नदे’खिएको विषय उठ्ने गरेको छ ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय