शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

जनता समाजवादी पार्टीका ३२ मध्ये बहुमत सांसद प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनमा सामेल भएको भए ३० वैशाखको सत्ता संघर्षले अर्कै अवस्था ल्याउँथ्यो । प्रधानमन्त्री केपी शर्मा ओली विरोधी गठबन्धनले बहुमत देखाएर संविधानको धारा ७६ को उपधारा २ को प्रावधान अनुसार प्रधानमन्त्री बनाउन सक्थ्यो । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरुले पनि राजीनामा दिनसक्थे ।

एमालेको विभाजनसँगै ओली प्रधानमन्त्री पदबाट हट्नुपथ्र्यो । त्यो सम्भावनालाई ओलीले टार्न सके । जसमा उनका विश्वासपात्र सांसद महेश बस्नेतले मुख्य भूमिका खेले ।

बस्नेतले २९ वैशाखमा सार्वजनिक रुपमै जनता समाजवादी पार्टीका नेता डा।बाबुराम भट्टराईमाथि सांसद अपहरण गरेको आरोप लगाए । उनले जसपाका तीनजना सांसदलाई भट्टराईले निवासमै थुनेको आरोप लगाएका थिए । जसपाभित्र महन्थ ठाकुर पक्षधर तीन सांसदलाई उपेन्द्र यादव समूहले तान्ने प्रयास गरिरहेको थियो । महेश बस्नेत जसपाभित्रको संघर्षमा प्रवेश गरिसकेका थिए । उनी ठाकुर पक्षमा बढी सांसद तान्न सक्रिय भएका थिए ।

बस्नेतले ३० वैशाखमा जसपाको महन्थ ठाकुर पक्षधर सांसदहरुलाई गुट छाड्न नदिन सक्रियता देखाए । बबरमहलबाट १३ सांसदलाई डोलेश्वर भिलेज रिसोर्ट पुर्याए । जसको पुष्टि उनी आफैले गरिसकेका छन् । डोलेश्वर पुगेका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, चन्दा चौधरीसहितका सांसदसँग महेश बस्नेतले तस्बिर पनि खिचाएका छन् । उनले ती सांसदहरुलाई आफूले व्यवस्थापन गरेको समेत बताए । दैनिक न्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय