शुक्रबार , बैसाख १४, २०८१

“काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी शक्तिबीच एकता हुनु पर्ने बताएका छन्। शनिबार बिहान पार्टीको युवा संगठन वाइसिएल नेपालका नेताहरुसँग पछिल्लो राजनीतिक घ,टनाक्रमबारे भर्चुअल बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।”

“ज नयु द्धले स्थापित गरेका परिवर्तनका पक्षधर पूर्वमाओवादी पार्टीहरुबिच एकताको पहल आवश्यक रहेको प्रचण्डले बताए। अध्यक्ष प्रचण्डले पार्टीको सांगठनिक स्वरुप तथा नयाँ संगठनात्मक कार्यविधिमा समावेश गर्न लागिएका कतिपय बिषयहरुमा वाइसिएल नेताहरुसँग गहन छलफल गरेर सुझाव समेत लिने बताएका थिए।”

“पार्टीमा २० प्रतिशत युवा र ३५ प्रतिशत महिलाको सहभागिता अनिवार्य गर्ने लगायतका संगठनात्मक कार्यविधि निर्माणसँग सम्बन्धित विविध बिषयमा भर्चुअल माध्यमबाट आवश्यक राय सुझावसँगै पार्टीको निर्देशनात्मक प्रशिक्षण सञ्चालन भएको वाइसिएल प्रदेश नं १ का संयोजक कर्म पूलामीले बताए।”

“पछिल्लो राजनीतिक घ,टनाक्रम, कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा युवाहरुको भूमिका आदिका विषयमा अध्यक्षबाट विस्तृत जानकारीसहित निर्देशनहरु भएका छन– भर्चुअल बैठकपछि संयोजक पूलामीले भने।”

“त्यस अवसरमा युवाहरुले अध्यक्ष प्रचण्डलाई पार्टी संगठन चलायमान बनाउन साबिकका सबै माओवादी नेता, कार्यकर्ताहरुबीच सांगठनिक एकता र सहकार्य अघि बढाउन सुझाव दिएका पनि संयोजक पुलामीले बताए।”

मेची महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय