शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

“नेपाली चलचित्र क्षेत्रमा केहि त्यस्ता नायिकाहरू छन् जसले विवाह पश्चात् सिने क्षेत्रबाटै पलायन भए तर केहीले भने यस क्षेत्रलाई निरन्तरता अघि बढाउदै आए ।”

“नेपाली समाजमा विवाह भनेकाे एक महिला र एक पुरुष लगनगाँठो कसेपछि सात जन्म सम्म साथ नछाेडिने मान्यता रहेकाे छ । नेपाली नायिकाहरुको लगनगाँठो केहीको फिल्म क्षेत्रका र केहीको फिल्म क्षेत्रबाहिरका व्यक्तिसँग विवाह गरेका छन् ।”

“धेरै बिवाहित जाेडीमा कयौं सम्बन्ध लामो समय टिक्न नसकेपछि सम्बन्ध विच्छेदसम्म भइरहेकाे हामिले हाम्रै समाजमा देखेका छाैँ । त्यस्तै सिने क्षेत्रकै व्यक्तिसँग लगनगाँठो कस्ने नेपाली नायिकाहरूमध्ये अधिकांशले विवाहित पुरुष रोजेका छन् । आर्थिक काणले पनि बिवाहित पुरूष रोजेको आरोप लागिरहेको छ भने कतिपयले चाँहि कान्छा युवकसँग पनि बिवाह गरेका छन् “।

१८ नेपाली हिरोइनको रियल जोडीमा कस्तो पुरुष मनपराए त, यसबारेमा हामीले तल चर्चा गरेका छाैँ ।

“विपना थापा:-त्यस्तै अर्की नायिका हुन् विपना थापा । उनले भारतीय नागरिकसँग विवाह गरेकी हुन् । उनको श्रीमान् आशुतोष भारद्वाजको पेशा भने सिनेमा बनाउने हाे । उनीहरूकाे एक छोरा छन् । विवाहपश्चात् उनी पूर्णतया हाउसवाइफ नै छिन् ।

झरना थापा:-त्यस्तै अर्की नेपाली सिने जगतकी चर्चित नायिका हुन् झरना थापा । उनकाे चर्चा अहिले पनि त्यतिकै छ । लामो समयको अफेयरपछि उनले निर्माता सुनीलकुमार थापासँग विवाह गरेकी हुन् । हालै उनी निर्माताकाे काममा ब्यस्त रहेकि छिन् ।”

“करिश्मा मानन्धर:-नायिका करिश्मा मानन्धरले कलाकार एवं निर्माता विनोद मानन्धरसँग विवाह गरेकी छन् । उनीहरूबीच पहिलोपटक नेपाली चलचित्र कस्तुरीको सुटिङको क्रममा भेटघाट भएको थियो । उनीहरूबाट एक छोरी जन्मेकी छन् । छोरी कबिता हाल अमेरिकामा अध्ययन गर्दै छिन् ।,

“शोभिता सिम्खडा:-नायिका शोभिता सिम्खडाले कतार बस्ने नेपाली विजनेश म्यान निराजन भण्डारीसँग बिहे गरेकी थिइन् । उनीहरूबीचमा नमस्ते कलिउड कार्यक्रममा भेट भएपछि अफेयर चल्याे । उनीहरूले विवाह गरेर विवाह खर्च गर्न बचेको रकम गरिब बालबालिकाका लागि सहयोग गरेका थिए ।”

“युना उपे्रती:-नायिका युना उपे्रतीले अमेरिकामा बस्ने नेपाली विकास अधिकारीसँग बिहे गरेकी थिइन् । उनका आफन्त नायिका जल शाहले विकाससँग भेटाएकी थिइन् । हाल युना र विकास अमेरिकामा बस्दै आएका छन् । उनी अहिले चलचित्र क्षेत्रबाट निकै टाढा रहेकि छिन् ।”

“अरुणिमा लम्साल:-त्यस्तै अर्की नायिका हुन् अरुणिमा लम्साल । उनले फिल्मी क्षेत्रबाहेकका व्यक्ति अर्थात् बैंकमा अधिकृतको रूपमा काम गर्ने अमित अर्यालसँग बिहे गरेकी थिइन् । उनीसँग लामो अफेयर पश्चात् विवाह गरेकि हुन् । अहिले उनकाे एक छाेरी छिन् ।”

“सञ्चिता लुइँटेल:=माया त माया हो चलचित्रको सुटिङको क्रममा निखिल उपे्रतीसँग नजिकिन पुगिन् । निखिल यसअघि नै विवाहित थिए । तैपनि उनी सञ्चिताको मायामा भुल्न पुगे । निखिल यतिबेला कान्छी श्रीमती सञ्चितासँगै छन् भने उनकी पहिलो श्रीमती कोपीला छुट्टै छन् ।”

“प्रियंका कार्की=यिनले अमेरिकामा अध्ययनको क्रममै अर्थात् २२ वर्षको उमेरमै रोचक मैनालीसँग लगनगाँठो कसेकी थिइन् । तर अहिले रोचकसँग सम्बन्ध विच्छेद गरिसकेकी छिन् भने अहिले उनले फेरी अायुष्मान ज्याेषीसँग लगन काठाै कसीसकेकि छिन् ।”

“सारंगा श्रेष्ठ:-नेपाली नायिका सारंगा श्रेष्ठले अमेरिकन नागरिकसँग विवाह गरेकी थिइन् । उनीसँग केही समय विताएपछि उनको सम्बन्ध बिच्छेद भएकाे थियाे ।”

“रेजिना उप्रेती:-रेजिना उप्रेतीको चर्चा सामाजिक संजालमा बेलाबखत बाहिरिन्छ । पहिला उनको अफेयर सोभित बस्नेतसँग चलेको हल्ला थियो । उनको व्वाइफे्रन्ड सुरज पोखरेल हाल अमेरिकामा बस्छन् । उनीहरूबीच औपचारिक रूपमा विवाह नभए पनि रेजिनाले सुरजलाई श्रीमानकाे रूपमा मानेकि छिन् ।”

“मेलिना मानन्धर,:-नायिका मेलिना मानन्धरको सुटिङका क्रममा मुकेस ढकालसँग भेट भयो । उनीहरूबीचको अफेयरपश्चात् दुवैले विवाह गरे । हाल उनीहरूको दुई वर्षकी छोरी छन् ।”

“रेखा थापा;-नायिका रेखा थापाको विवाह निर्माता छवि ओझासँग भएको थियो । तर हाल उनीहरूको सम्बन्ध विच्छेद भइसकेको छ । हालै रेखा थापा अाफ्नाे फिट्नेस् बनाउँदै छिन् ।”

“ऋचा घिमिरे:-ऋचा घिमिरेले पनि चलचित्र क्षेत्रकै व्यक्तिसँग विवाह गरेकी छन् । उनका श्रीमान् निर्देशक शंकर घिमिरे हुन् । यिनीहरूको छोरा छ । यी दुईले एउटै थर भएर पनि विवाह गरेको प्रसँगले कुनै बेला नेपाली सिने क्षेत्रमा निकै चर्चा पाएको थियो ।”

“झरना बज्राचार्य:-झरना वज्राचार्यले मलेसियन विजनेशम्यान भारतीय मुलका राहुल अग्रवालसँग विवाह गरेकी थिइन् । उनले पनि फिल्मी क्षेत्रबाहिरका व्यक्तिसँग विवाह गरेकी हुन् ।”

“हर्षिका श्रेष्ठ:-हर्षिका श्रेष्ठले पनि भारतीय बिजनेसम्यान प्रसुन झुन्झुनवालासँग विवाह गरेकी थिइन्। उनको श्रीमानको अटो विजनेस छ ।

“सौजन्य सुब्वा:-सौजन्य सुव्वाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन चन्दसँग विवाह गरेकी थिइन् । भुपेन बिवाहित नै भएका कारण उनीहरूको लामो समय सम्बन्ध टिक्न सकेन । सौजन्यले हाल भुपेन चन्दसँग सम्बन्ध बिच्छेद गरेर चलचित्र निर्माता रोज राणासँग सम्बन्ध बनाएकि हुन् ।

निश्चल र स्वस्तिमा खड्का” श्वेता खड्का र बिजेयन्द्र राउत

मेची महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय