शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

गएको बैशाख १८ गते तुलसीपुर ६ स्याउली बजार नजिकै तिन बालकहरु मृ’त फेला परेको घ’टना बारे निष्पक्ष अनुसन्धान गर्ने सहमतीमा आफन्तीले श’व बुझेका छन् । घ’टनाको निष्पक्ष अनुसन्धान गर्ने, तुलसीपुर उपमहानगरपालिकाले पिडित परिवारलाई किरियाखर्च स्वरुप २५ हजार रुपैयाका दरले राहात दिने र थप राहातका लागी राष्ट्रिय दलित आयोगमा सिफारिस गर्ने सहमतीमा मृ’तक बालकका आफन्तीले १४ दिन पछि श’व बुझेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, राष्ट्रिय दलित अयोगका अध्यक्ष देवराज विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिंह लगाएतको सहभागितामा पिडित पक्षहरु संग भएको छलफलमा यस्तो सहमती भएको उहाले जानकारी दिनुभयो ।

यस अघि पिडित पक्षले बालकहरुको ह’त्या भएको दावी गदै दोषी पत्ता नलाग्दा सम्म श’व नबुझने अडान लिएका थिए ।लामो छलफल र प्रयास पछि आफन्तीले श’व बुझन मानेका हुन् । घ’टनाको अनुसन्धान गर्नका लागी प्रहरी निरीक्षक शर्माको नेतृत्वमा एक संयन्त्र गठन गरिएको छ ।

गएको बैशाख १६ गते देखी घरबाट हराएका तुलसीपुर ६ गाइडहर बस्ने ९ बर्षीय सन्दिप परियार, सोहि ठाउँका ६ बर्षीय सुवर्ण परियार र ७ बर्षीय करण परियार स्याउली बजार नजिकै पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेट भएको आरजे ०१ सीसी ०८८५ नम्बरको कार भित्र मृ’त फेला परेका थिए । प्रहरीले उक्त गाडी धनी शान्तीनगर ६ बस्ने यादव गैरे र चालक पदम बस्नेतलाई पक्राउ गरी उनीहरु विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता गरी आबश्यक अनुसन्धान सुरु गरेको बताएको छ । ब्राईट नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय