शनिबार , बैसाख १५, २०८१

काठमाडौं ।

केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार दिन नसकेपछि माओवादी अध्यक्ष प्रचण्ड समीक्षा बैठक बस्न भन्दै शुक्रबार बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगे ।

तर, माओवादीका नेताहरु चाहिँ यस्तो समीक्षा बैठक काँग्रेस नेताको घरमा हैन, आफ्नै पार्टीभित्र गर्नुपर्ने बताउँछन् ।

अब प्रधानमन्त्री ओलीले देशलाई चुनावतर्फ धकेल्न खोजिरहेका छन् । यो अवस्थामा काँग्रेस, जसपा वा माधव नेपाल समूहको मात्र पछि लागिरहने कि पार्टीले आफ्नो आन्तरिक तयारी पनि गर्ने ? यसबारे गम्भीर भएर समीक्षा गर्नुपर्ने बेला आएको माओवादी नेताहरुको बुझाइ छ ।

यसै सन्दर्भमा अहिले माओवादी पार्टीभित्र प्रचण्डले माधव नेपालसँग गरेको सहकार्य र संगतबाट के फाइदा भयो भन्ने अनौपचारिक बहस सुरु भएको छ ।

माधव नेपालसँग मात्र होइन कहिले काँग्रेससँग त कहिले एमालेसँग हुँदै आएको गठबन्धनमाथि नै समीक्षा हुनुपर्ने माग माओवादीभित्र उठ्न थालेको एक नेताले नाम उल्लेख नगर्ने शर्तमा रातोपाटीलाई बताए ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय