शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं, ३१ बैशाख ।

शुक्रबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको नेताका हैसियतमा बिहीबार साँझ अल्पमतको प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफूले शपथ लिएपछि केही नेतालाई मन्त्री बनाउने तयारी गरिरहेका छन् । नयाँ मन्त्रीबारे बालुवाटारमा आफू निकटसँग नेताहरूसँग अहिले ओलीले छलफल गरिरहेका छन् ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री बिहीबारमात्रै पार्टीभित्रको असन्तुष्ट माधवकुमार नेपाल समूहलाई सहमतिमा ल्याएका थिए । नेपाल समूहबाट चार नेतालाई मन्त्री बनाउन लागिएको ओली निकट एक नेताले बताए । स्रोतका अनुसार बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीको माधव समूहबाट मन्त्री बन्ने सम्भावना प्रवल छ ।

त्यस्तै वैकल्पिक सरकार बनाउन साथ नदिएको जनता समाजवादी पार्टीको अधयक्ष महन्थ ठाकुर समूहका तीन जनालाई मन्त्री बनाउने भन्दै ओलीले नाम मागेका छन् । तर, उक्त समूहले नाम नदिएको स्रोतले बतायो ।

तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिन लागेका ओलीले गृहमन्त्री रामबहादुर थापालाई ६ महिने मन्त्रीका रूपमा पुनः मन्त्री बनाउने स्रोतहरू दाबी गर्छन् ।

ओली बिहीबार प्रधानमन्त्रीमा पुनः नियुक्त भएका थिए। आज राष्ट्रपति निवासमा ओलीले साढे २ बजे प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ। आजै ओलीले सानो आकारमा मन्त्रिपरिषद बनाउने भएका छन्। प्रधानमन्त्रीमा ओलीले सपथ लिएसँगै मन्त्रीहरूलाई पनि सपथ खुवाउने तयारी छ।

आफ्नो समूहका भने पुरानै मन्त्रीलाई निरन्तरता दिन्छन् कि नयाँ नियुक्त गर्छन् भन्नेबारे अहिले टुंगो लागिसकेको छैन।

दैनिक नेपाल न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय