शुक्रबार , बैसाख १४, २०८१

एजेन्सी, ३१ बैशाख ।

निर्देशक नितेश तिवारी धेरै समयदेखि आफ्नो महत्वकांक्षी प्रोजेक्ट रामायणलाई लिएर चर्चामा छन् । फिल्ममा सीताको भुमिकाको लागि कृति सेननदेखि अनुष्का शर्मा जस्ता अभिनेत्रीहरुको नाम आएको थियो । तर अब भने ठ्लो बजेटको यस फिल्ममा सीताको भुमिकामा करीना कपुर र दीपिका पादुकोण मध्ये एक हुनेछन् ।

भारतीय समाचारको अनुसार फिल्म निर्माता सीताको भुमिकाको लागि करीना वा दीपिका मध्ये एकजनालाई हस्ताक्षर गराउन इच्छुक भएको बुझिएको छ ।

यस अघि पनि करीनाले ‘तख्त’ फिल्ममा ऐतिहासिक भुमिका निभाइसकेकी छिन् । यसैगरी करीनाले फिल्म ‘अशोका’ मा पनि राजकुमारी कौर्वकिको भुमिका निभाएको हुनाले पनि करीनाको बलियो सम्भावना छ ।

अर्कोतर्फ दीपिका आफ्नै होम प्रोडक्सन फिल्म ‘द्रौपदी’ को तयारीमा छिन् । अब सीताको भुमिका कुन अभिनेत्रीको पोल्टामा जान्छ भन्ने हालसम्म केही आधिकारीक जानकारी आएको छैन् ।

५ सय करोड फिल्मको बजेट छुट्टाइएको यस फिल्मलाई नितेश तिवारीले तीन भागमा बनाउने योजना बनाएका छन् । उनले ऋतिक रोशन र महेश बाबुसँग पनि छलफलमा जुटेका छन् ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय