शुक्रबार , बैसाख १४, २०८१

एजेन्सी, ३१ वैशाख ।

रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन स्पुतनिक भीको भारतमा प्रयोग शुरु भएको छ । यसको मूल्य प्रति दुई डोज भारु ९९५.५० तोकिएको छ ।

भारतको प्रतिष्ठित औषधी उत्पादक कम्पनी डा.रेड्डिज ल्याबले भ्याक्सिनको आपूर्तिको जिम्मा पाएको छ । उक्त कम्पनीले हैदरावादमा पहिलो डोजको खोप प्रयोगमा ल्याउँदा करसहित भारु. ९९५.५० मूल्य तोकेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

स्पुतनिक भी रुसको गेमिलियाले विकास गरेको विश्वमै पहिलोपटक प्रयोगमा ल्याइएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो । उक्त कम्पनीले यसको ९० प्रतिशतभन्दा बढी प्रभावकारिता देखिएको जनाएको छ ।

नेपालमा पनि स्पुतनिक भी ८० लाख डोज ल्याउने पहल भइरहेको छ । नेपालमा यसको मूल्य भारतको जत्तिकै पर्ने बुझिएको छ । भारतमा नेपाली रुपैयाँ १५९२.८० पर्न गएको छ । नेपालमा यसको मूल्य १६ सय देखि २ हजार रुपैयाँको बीचमा पर्न जाने बुझिएको छ । लोमसले स्पुतनिक भी ल्याउने अनुमती पाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय