सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

को-रोना भाइरस सङ्क्रमणको लक्षण जटिल भएको वा नभएको थाहा पाउने यी चार सङ्केत ! पढेर सेयर गर्नुहाेला । नेपालमा पछिल्ला दिनहरूमा को-रोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढ्ने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अस्पतालहरू खचाखच छन् भने होम आइसोलेशनमा नै बसेर उपचार गर्नेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।

तर सङ्क्रमितहरूमा देखिएका लक्षणका आधारमा सामान्य वा जटिल को- रोना भाइरसको सङ्क्रमण भए नभएको यकिन गर्न भने कठिन रहेको सङ्क्रमितहरू बताउँछन् । जसका कारण स्वयम् सङ्क्रमित तथा उनीहरूका परिवारका सदस्यहरू त्रा-स तथा त-नावबाट गुज्रिएको बताइन्छ । सुरुवाती लक्षणबाट नै आफूलाई जटिल वा सामान्य को- भिड छ भनेर पहिल्याउनका लागि वरिष्ठ मुटु रोग विशेषज्ञ ओममूर्ति अनिलले केही उपाय सुझाएका छन्।

बढ्दो सङ्क्रमणबारे के भन्छन् विज्ञ ? पछिल्लो समय नेपालमा को- रोना भाइरस सङ्क्रमण व्यापक रूपमा फैलिरहेको तथ्याङ्कबाट देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला बताउँछन्। “घरमा बसेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण भइरहेको छ जसले गर्दा सङ्क्रमितहरू बढिरहेका छन्,” उनले भने।

सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यातका अनुसार नेपालमा पछिल्लो समय देखिएका को- रोना भाइरसको भेरिअन्टका कारण पनि सङ्क्रमितको सङ्ख्या बढेको देखिन्छ । सरकारी अधिकारीहरूका अनुसार नेपालमा को- रोना भाइरसका यूके भेरिअन्ट र डबल म्युटन्ट देखिएको पुष्टि भइसकेको छ।

“पछिल्लो समय देखिएका भाइरसले नित्याउने दर एकदमै बढी छ । त्यो हामीले प्रस्ट रूपमा भन्न सक्छौँ,” प्राध्यापक बस्न्यात थप्छन्। त्यसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पनि सहमत छन् । “त्योसँगै राजनीतिक दलकै नेताहरू विभिन्न सभा, सम्मेलन तथा सार्वजनिक कार्यक्रमलाई बढावा दिँदा र मानिसहरूले पनि सामाजिक जमघटहरू गरेका कारण सङ्क्रमणमा निकै वृद्धि देखिन पुगेको हो ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल १४ दिनसम्म मानिसहरूको शरीरमा भाइरस ‘लोड’ नै रहने भएकोले अहिले सङ्क्रमणमा कमी नआएको बताउँछन् । “यदि निषेधाज्ञामा जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूको कडाइका साथ पालना भएको छ र पर्याप्त परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ भएको छ भने केही दिनपछि सङ्क्रमित हुनेहरूको सङ्ख्या कम देखिनसक्छ,”उनले थपे।

बढ्दो मृ- त्युको कारण के हुनसक्छ ? :- विगत १५ दिनकै कुरा गर्ने हो भने सङ्क्रमितहरू निको हुने दर घट्दो क्रममा देखिएको छ भने मृ- त्यु हुनेहरूको सङ्ख्या बढिरहेको पाइएको छ । पहिलाभन्दा अहिले देखिएको भेरिअन्ट धेरै घातक हुनु पनि मृ- तकको सङ्ख्या बढ्नुको एउटा कारण हुनसक्ने प्राध्यापक बस्न्यात बताउँछन् । “तर भाइरस लिथल भएकोले मात्रै नेपालमा मृ- तक सङ्ख्या बढेको भन्न सकिन्न।”

“बिरामीले अक्सिजन नपाएर हुनसक्छ, निको हुन्छ भनेर रोगले च्यापिसकेपछि अन्तिम क्षणमा अस्पताल पुग्ने भएर हुनसक्छ। यस्ता कन्फाउन्डिङ फ्याक्टरहरूले पनि भूमिका खेलेकन हुन्छन्,” उनले भने। डा. अनुप बास्तोला पनि कतिपय बिरामीले अस्पतालमा शय्या तथा अक्सिजन पाउन नसक्दा मृ- त्यु सम्बन्धी पछिल्लो अवस्था देखिएको बताउँछन्।

जानस्वास्थे विद डा. मरासिनी पछिल्लो समय मृ- तकको सङ्ख्यामा व्यापक वृद्धि हुनुको अन्य कारण पनि खोज्नुपर्ने सुझाउँछन्। “यो डे-ङ्गी लाग्ने महिना हो, स्क्रब टाइफस लाग्ने महिना हो, का-लाजार र जा-पनिज इन्सेफ्लाइटिस फैलिने महिना हो। डबल इन्फेक्सन भयो कि भन्नेतर्फ ध्यान दिएकै देखिँदैन।” “को- रोना भाइरससँगै ती पनि भए भने त्यसले मृ- त्युदर उच्च बनाउँछ,” उनी औँल्याउँछन् । इन्फो नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय