शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनु राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित हुने बताएका छन् ।

बुधबार अपरान्ह ट्वीट गर्दै उनले राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक भएको बताए ।

एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले राजीनामा गर्न अन्तिम तयारीमा रहेका बेला सोही समूहका प्रभावशाली नेता रावलले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।

त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय