शुक्रबार , बैसाख १४, २०८१

काठमाडौँ

बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागका अनुसार खलिफासहितको बहराइनको रोयल गार्ड टिमले मंगलबार बिहान स्थानीय समयअनुसार ६:४० बजे सगरमाथाको आरोहण गरेको हो ।

फाइल तस्बिर : सोलुखुम्बुको दिङबोचेमा बहराइनका राजकुमार खलिफासहितको आरोहण टोली उक्त टिम ८८४८.८६ मिटर उचाइ कायम भएपछि सगरमाथा आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टिम पनि बनेको छ । साथै सगरमाथा आरोहण गर्ने उक्त टोली पहिलो पनि बनेको छ ।

आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको हो भने आरोहण दलको नेतृत्व टासी शेर्पाले गरेका थिए ।

१९ वर्षीय शेर्पा बिनाअक्सिजन सगरमाथा आरोहण गर्नै सबैभन्दा कम उमेरका व्यक्ति भएको पनि सेभने समिटले जनाएको छ ।

बहराइनका राजकुमार खलिफासहितको टोलीले यसअघि लोबुचे र मनास्लु हिमाल आरोहण गरिसकेको छ ।

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय