शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न ३ दिनको समय दिएर आह्वान गरिसकेका बेला एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने केपी ओली नै फेरि प्रधानमन्त्री हुने दावी गरेका छन् ।

उनले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने जिकिर गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको दाबी गरेका हुन् । ‘संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६ (३) अन्तरगत उही प्रमलाई खोज्नुपर्ने वाध्यता छ’, पोखरेलले सोमबार राति भनेका छन् ।

समयमै विपक्षी गठबन्धनले विकल्प दिन नसक्दा ठूलो दलको हैसियतले ओलीकै नेतृत्वको सरकार बनाउनुपर्ने बाध्यता रहने उनको भनाइ छ ।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय