सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौँ

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको वि’पक्षमा मतदान गर्ने भएका छन् ।

आइतबार संघीय परिषद् अध्यक्ष भट्टराईको निवासमा बसेको शीर्ष ६ नेताहरुको बैठकले पार्टीले ह्वि’प जारी नगर्ने, पक्ष वा विपक्षमा मतदानको अधिकार सांसदहरुलाई नै दिने सर्वसम्मतिले निर्णय गरेको थियो ।

त्यसलगत्तै त्यहीं बसेको भट्टराई र यादव पक्षका नेताहरुको अनौपचारिक बैठकले वि’पक्षमा मतदान गर्ने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले बताए ।

‘तटस्थ रहन चाहनेले तटस्थ रहन पायो । विश्वास भएकाहरुले विश्वासको मत दिन पनि पायो । हामीले विश्वासको मतको वि’पक्षमा मतदान गर्छौं । त्यसबारे पहिला नै निर्णय गरिसकेका छौं,’ श्रेष्ठले भने, ‘हामीले किन विश्वास गर्दैनौं भने प्रधानमन्त्री केपी ओली इतिहासमा नै संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातीक, समावेशिता, धर्मनिरपेक्षलगायतका परिवर्तनका एजेण्डाहरुको वि’पक्षमा उभिदैं आएको हुँदा उहाँलाई विश्वासको मत दिन सक्दैनौं ।’

आफ्नो पक्षका १८ सांसदले विपक्षमा मतदान गर्ने श्रेष्ठले बताए । उनका अनुसार बैठकमा महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पक्ष विपक्षमा मतदान नगरेर तटस्थ बस्ने प्रस्ताव गरेका थिए । तर, भट्टराई र यादव पक्षले तटस्थ बस्न नहुने अडान लिएपछि सांसदहरुलाई स्ववि’वेक प्रयोग गर्ने सर्वसम्मतिले निर्णय भएको हो । कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय