शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं, २६ बैशाख ।

नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले अब अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गर्न नसकिने भन्दै सामूहिक राजीनामा दिएर जानुपर्ने प्रस्ताव राखेका छन् ।

सिंहदरबारमा राजीनामा दिनेगरि भेला भएका सांसदहरुलाई सम्बोधन गर्दै नेता नेपालले अब छुट्टै पार्टी गठन गरेर अघि बढ्नुको विकल्प नरहेको ब्रिफिङ गरेका थिए ।

छलफलमा सहभागी एक सांसदले दिएको जानकारीअनुसार आजको बैठकमा नेता नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

नेता नेपालको भनाई उद्धृत गर्दै ती सांसदले भने–‘अब पनि हामी अलमलमा पर्नुहुन्न, केपी ओलीसँग सम्झौता गर्नु भनेको हाम्रो लागि आत्मघाती हुन्छ । अब नयाँ पार्टी खोलेर जानुपर्छ ।

ओलीलाई पराजित गर्नुपर्छ । उनलाई ढाल्नुपर्छ । ओलीसँग सम्झौता गरेर जान सकिँदैन् । अहिले सम्झौता गर्नु भनेको ओलीलाई फाईदा हुन्छ । साथीहरु, हामी खुट्टा नकमाऔं ।

अहिले ओलीले कमिशनको चक्करमा पार्टीलाई बद्नाम गरे ।’ प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् ।

त्यसको लागि उनीहरु अहिले सिंहदरबारस्थित् सार्वजनिक लेखा समितिको हलमा सामूहिक छलफलमा जुटेका छन् । ReportersNepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय