शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहबाट आफ्नो राजनीतिक जीवन नै स’माप्त पारेर भएपनि पार्टीलाई पछारि छाड्ने प्रयास भएको बताएका छन् । माधव नेपाल लगायतमा वैयक्तिक स्वार्थ, अ’हं’कार, अस’न्तुष्टि र इ’श्र्या रहेको भन्दै ओलीले पार्टी आ’न्दो’ल’नलाई कसैको स्वा’र्थ’पूर्ति  बनाउन नहुने बताएका छन् ।

संसदमा विश्वासको मत लिने पूर्वस’न्ध्यामा एक विज्ञप्ति जारी गर्दै ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालि छाड्ने  प्रवृत्ति पार्टीमा देखापरेको भन्दै ओलीले पार्टी वि’रोधी कामलाई मलजल गर्न कतै फ्लो’र क्र’स गर्ने, कतै विश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक रा’जी’नामा गरी पार्टीलाई पछारि छाड्ने  प्रयास भएको ओलीको गुनासो छ । उनले पार्टीलाई हानी  बनाउने कुनै पनि क्रियाकलापमा पार्टीका इमान्दार नेता कार्यकर्ता संलग्न नहुने पनि विश्वास व्यक्त गरेका छन् ।

ओलीले भनेका छन्, ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले मा’फी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो  कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र अनुरोध गर्दछु ।’

एमाले सबैले मिलेर बनाएको पार्टी भन्दै पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हा’नी पुग्ने क्रियाकलापमा संलग्न नहुने उनको विश्वास छ । उनले भ्र’म फैलाइएजस्तो र ह’ल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि का’खा पा’खा नगर्ने पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय