शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं । भारतको मात्रै नभई एसियाको सबैभन्दा धेरै धनी व्यक्ति मुकेश अम्बानीबारे धेरै कुराहरु बाहिर आउँदैनन् । अम्बानीका नोकरहरुका छोराछोरी पनि विदेशमा अध्यन गर्छन् । रिलायन्स इन्डस्ट्रीजका सीएमडी मुकेश अम्बानी अहिलेको समयमा विश्वकै पाँचौं धनी व्यक्ति हुन् ।

भारत सहित सिंगो एशियामा उनीसँग जति सम्पती छ त्यो अरुसँग छैन । उनी विश्वको सब भन्दा महँगो घरमा बस्छन् । यो घरको नाम एन्टिलिया हो । अम्बानीको घर मुम्बईमा रहेको छ । अम्बानीको घरभित्र विलासिताका तमाम चीजहरू छन् ।

उक्त घरमा ति कुराहरु उपलब्ध छन् जसको बारेमा हामी कल्पना गर्न मात्र सक्छौँ । सञ्चारमाध्यमहरुमा अम्बानी परिवारको जीवनशैलीको बारेमा सँधै छलफल हुन्छ । तर के तपाईंलाई थाहा छ मुकेश अम्बानीको नोकरले कति तलब पाउँछन् ?

एन्टिलियामा करिब ६०० नोकरहरू काम गर्छन् । जानकारी अनुसार मुकेश र नीता अम्बानी नोकरहरुमाथि आफ्नै परिवारको जस्तो व्यवहार गर्छन । यहाँ कार्यरत मुकेश अम्बानीका नोकरको दुई बच्चा अमेरिकामा पढिरहेको छन् भनेर थाहा पाउँदा कोही पनि छक्क पर्न सक्छन् ।

लाइभ मिररका अनुसार एन्टिलियामा काम गर्ने कुनै पनि कर्मचारीको तलब ३ लाख २० हजार भन्दा कम छैन । यसको मतलब अम्बानीका नोकरहरुले पनि प्रत्येक महिना ३ लाख २० हजार भन्दा धेरै रूपैयाँ पाउँछन् ।

कर्मचारीको तलबमा शिक्षा भत्ता र जीवन बीमा पनि समावेश छ । यदि तपाई सोच्दै हुनुहुन्छ कि ३ लाख २० हजार रुपैयाँको तलबको लागि, कुकहरूले विश्वभरिको विशेष खाना बनाउँदछन् । यदी त्यस्तो सोच्दै हुनुहुन्छ भने तपाई गलत हुनुहुन्छ ।

मुकेश अम्बानीलाई साधारण खाना मन पर्छ । परम्परागत गुजराती पकवान अधिकतम मुकेश अम्बानीको लागि बनाईन्छ । मुकेश अम्बानी पनि इडली सम्बार मन पराउँछन् । मुकेश अम्बानी आफैंलाई आफै खाना पकाउन जान्दछन् । नीता अम्बानीले भनेकी थिइन् कि उनकी छोरी उनको घरमा सब भन्दा राम्रो खाना पकाउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय