आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘जुनुको जुत्ता’ ले रुसको ‘फेस्ट प्रो फिल्म फेस्टिभल’ मा बेस्ट सर्ट फिल्मको अवार्ड हात पारेको छ ।

फेस्टिभलमा नेपाली फिल्म ‘जुनुको जुत्ता’ उत्कृष्ट फिल्म घोषित हुँदा रुसकै ‘द फाइनल स्ट्यान्ड’ ले बेस्ट फिचर फिल्म, चिलीको ‘द ब्वाय एण्ड द माउन्टेन’ ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको ‘टेल्स अफ लाइट’ ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड हात पारेको छ ।

यस अगाडि विभिन्न अन्तराष्ट्रिय फिल्म फेष्टिभलमा समेत उत्कृष्ट अवार्ड हात परेको ‘जुनुको जुत्ता’ चप्पल उल्टो लगाउने एक सानी नानीको कथामा बनेको छ ।

‘सुल्टो’ नलगाउँदा पाएको नमिठो गालीपछि सानी सानीले सुल्टो जुत्ता नलगाउन गरेको संघर्ष फिल्ममा प्रस्तुत छ ।

विभु पौडेल र सुशान्त श्रेष्ठ प्रोड्युसर रहेको फिल्मको सरुन मानन्धरले खिचेका हुन् । विप्लवराज पोखरेलको सम्पादन, रिकेन महर्जनको संगीत रहेको फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् ।

फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी शर्मा लगायतको अभिनय छ ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय