शनिबार , बैसाख १५, २०८१

काठमाडौं ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस नयाँ गठबन्धन निर्माणका साथै त्यसलाई सफल बनाउन तीव्र कसरतमा रहेको छ । सोहीअनुसार काँग्रेस सभापति शेरबहादुर देवासहितका नेताहरु माओवादी केन्द्र,नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग घनिभूत छलफलमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएपछि काँग्रेस देउवाले राजनीतिक भेटघाटलाई तीव्रता दिँदै आएका छन् । देउवाले ओली सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने रणनीतिका साथ केही दिनयता राजनीतिक भेटघाटलाई तीव्रता दिएको बुझिएको छ । जसअनुसार देउवासँग काँग्रेस र अन्तर पार्टीका नेताले भेटघाट गरिरहेको देखिन्छ ।

बुधबार आफ्नै निवास बूढानीलकण्ठमा भेट्न पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत दिन नसक्ने जवाफ दिएर फर्काएका थिए भने बिहीबार र शुक्रबार एमाले नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर गठबन्धन दरिलो बनाउन पहल थालेका थिए । यद्यपि गठबन्धन सफल बन्नेमा देउवा अझैपनि विश्वस्त भने हुन सकिरहेका छैनन् ।

काँग्रेस नेता एनपी साउदले विविध कारणले गठबन्धनले पूर्ण आकार ग्रहण गर्न नसकेको स्वीकारे । त्यसको मुल कारण एमालेको माधव कुमार नेपाल समूहको भूमिकामाथि उठेको प्रश्न नै हो । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय