शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

मावनतालाई लज्जाबोध पार्ने घटना बाहिर आएको छ । भारत, महाराष्ट्र राज्यको मुम्बई मलाडमा बिरालोको पुच्छर निकालिएको हो ।

पशु प्रेमीको उजुरी प्राप्त भएपछि मुम्बई प्रहरीले पशु सम्बन्धी धारा अन्तर्गत एफआईआर दर्ता गरेको छ । मुम्बई प्रहरीले दोषीको खोजी भइरहेको जनाएका छन् । प्रहरीले यसका लागि यस क्षेत्रको सीसीटीभी फुटेज खोजी गर्दैछ । वर्तमानमा कोहि पनि पक्राउ परेका छैनन् ।

मालाड (पश्चिम) बस्ने ३६ वर्षीय अजय शाह जनावर प्रेमी हुन् । एक खैरो र कालो बिरालो अक्सर उनको घर जान्छ । उनी बिरालोलाई खाना खुवाउँछन् ।

करीव २ वर्षको बिरालो शाहको घरमा अप्रिल २९ मा पुगको थियो । त्यो दिनसम्म सुरक्षित थियो । उजुरीकर्ता भन्छन कि उनले त्यस दिन बिरालोको तस्विर पनि लिएका थिए । तीन दिन पछि २ मेमा, बिरालो उनीहरूको घरमा आईपुग्दा उसको पुच्छर नभएको देखे ।

शाहले प्रहरीलाई दिएको उजुरीमा भने, ‘बिरालो आइतबार दिउँसो करिब १ः३० बजे मेरो घरमा आएको थियो, उसको पुच्छर देखिएन । मैले उनलाई तत्काल पशु चिकित्सा क्लिनिकमा लगें ।’

बताइए अनुसार उसको पुच्छर कसैले निकालिदिएको थियो । सोमबार उनले प्रहरीलाई उजुरी दर्ता गराएका हुन् । अज्ञात व्यक्तिविरुद्ध मालाड प्रहरीले उजुरी दर्ता गरेको छ ।

जनवोली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय