मंगलबार , चैत्र ६, २०८०

काठमाडौं ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ आधा घण्टा कुराकानी भयो ।

दाहालले देउवालाई ओली’वि’रुद्ध अ’विश्वासको प्रस्ताव दर्ता गराइहालौं भनेर प्रस्ताव गरे । देउवाले अझै पनि संख्या नपुगेको बताए ।

‘कस्तो कुरा गर्नुहुन्छ तपाईं ? मलाई प्रधानमन्त्री हुन मन नभएको हो र ?’ देउवाले दाहालसँग भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘खोइ संख्या ?’ जवाफमा दाहालले नेपाल पक्षका सांसदले राजीनामा दिने र जसपाका पनि कम्तीमा १८ जना सांसद आउने भएपछि बहुमत पुग्ने हिसाब पेस गरेका थिए । देउवाले भने नेपालपक्षीय नेताहरूले राजीनामा दिन्छन् भन्ने आफूलाई नलागेको बताए ।

‘उहाँहरूको विश्वास हुनुपर्‍यो, मैले अ’वि’श्वास प्रस्ताव पेस गर्ने, नेपालजीहरूले रा’जी’नामा नदिने भयो भने के हुन्छ ?’ देउवाले दाहालसँग सोधेका थिए ।

देउवाले यही प्रश्न बिहीबार एमाले नेता नेपालसँग पनि सोधेका थिए । अ’वि’श्वास प्रस्ताव ल्याउँदा जसरी नि बहुमत पुग्छ भनेर विश्वस्त दिलाउन पुगेका नेपाललाई देउवाले तपाईंहरूले राजीनामा दिनुहुन्छ भने म अ’वि’श्वास प्रस्ताव ल्याइहाल्छु भन्ने जवाफ दिएका   थिए ।

देउवालाई ढुक्क हुनु भनेर फर्किएका नेपाल त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास छिरेका थिए । बिहीबार साँझदेखि शुक्रबार साँझसम्म एमालेभित्र भइराखेको दौडधुपका कारण पनि देउवाले तत्कालै अ’वि’श्वासको प्रस्ताव ल्याइनहालौं भन्ने प्र्रस्ताव दाहालसँग गरेको उनीनिकट एक नेताले बताए ।

‘अहिले एमाले नै अ’नि’र्णीत छ, उहाँहरू के निर्णय गर्नुहुन्छ त्यो कुरौं त्यसपछि हेरौंला,’ देउवा र दाहालबीचमा भएको संवाद उ’द्धृत गर्दै दाहालनिकट स्रोतले बतायो ।

यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय