शुक्रबार , बैसाख १४, २०८१

एजेन्सी ।

कोरोना भारइसको दोस्रो लहरले नेपाल, भारत लगायत धेरै देशहरु कब्जामा लिएको छ । बलिउड जगत पनि अछ्तो रहन सकेन । यसक्रममा केही कलाकारहरु पनि संक्रमित भएका छन् ।

अभिनेत्री शिल्पा शेट्टीको पुरै परिवार संक्रमित भएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै शिल्पाले पुरै परिवार १० दिनदेखि संक्रमित भएको र मुस्किल झेलिरहेको जानकारी दिएकी हुन् ।

अभिनेत्रीले सुरुमा सासु, ससुराबाट सुरु भएको संक्रमण पछि सबैपरिवार र घरेलु कामदार समेत संक्रमित भएको उल्लेख गरेकी छिन् । उनले डाक्टरको सल्लाह अनुसार सबैजना होम आइसोलेशनमा बसेको जानकारी दिएकी छिन् । शिल्पाको भने पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

यो पनि

विश्वलाई कोरोना भाइरसले आक्रान्त बनाएको छ । बलिउड अभिनेत्री करीना कपुर केही महिना अगाडी मात्र दोस्रो सन्तानको आमा बनेसँगै चर्चामा थिइन् ।

उनका बाबु रणधीर कपुर संक्रमित भएपछि मुंबईस्थित कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा उपचार भएको थियो ।

कोरोना महामारीको यस्तो संकटको समयमा करीना मुंबई स्थित नानावटी अस्पतालमा पुगेकी छिन् । करीना नानावटी अस्पताल पगुेको तस्वीर बाहिरीएसँगै फ्यानहरुको सर्वाधिक चासो र चिन्ता बढेको छ ।

फोटोग्राफर विरल भयानीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा करीनाको सबै गाडीहरु देखिएका छन् । उनी किन गईन् अस्पताल भन्ने अझैपनि कारण बाहिर आएको छैन् । रणधीर संक्रमित भएपछि पिसीआर परिक्षण गराउँदा करीनाको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय