मंगलबार , चैत्र ७, २०७९

काठमाडौं, २४ वैशाख ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

जनता समाजवादी पार्टी जसपा मा पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षले चलाएको हस्ताक्षर अभियान उनीनिकट नेताकै असहयोगका कारण रोकिने अवस्थामा पुगेको छ।

राजपा पृष्ठभूमिका वरिष्ठ नेता राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिंह भण्डारी र निर्जला राउतले नै हस्ताक्षर नगरेपछि ठाकुरको योजनामा ठेस लागेको ठाकुरनिकट एक नेताले बताए।

ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने गरी चलाएको हस्ताक्षर दुरुपयोग हुने अवस्था देखिएपछि उनीनिकट नेताहरु झस्किएका हुन्।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले विपक्षी दलहरु नेपाली कांग्रेस र माओवादीलाई साथ दिएर प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।

स्रोतका अनुसार अध्यक्ष ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई मन्त्री बनाउने योजनामा केन्द्रित भई प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न थालेपछि राजेन्द्र महतोलगायतका नेताहरु असन्तुष्ट बनेका हुन्।

खिलराज रेग्मी सरकारमा सिंचाईमन्त्री बनेका झा प्रदेश ५ को प्रदेश प्रमुखसमेत बनेका थिए। झालाई प्रदेश प्रमुखका लागि पनि ठाकुरले नै राजपा कोटाअन्तर्गत सिफारिस गराएका थिए। ठाकुर आफ्नोतर्फबाट सम्धी उमाकान्त झा, सर्वेन्द्रनाथ शुक्ल र चन्दा चौधरीलाई सरकारमा पठाउन चाहन्छन्। झा र शुक्ल संसद् सदस्य छैनन्। महतो लगायतका नेताहरु त्यसको विपक्षमा छन्।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय