शनिबार , बैसाख १५, २०८१

काठमाडौं

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्नेलाई जरिवाना गर्न थालेको छ ।संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा १ सय रुपैयाँ जरिवाना लिन थालेको हो ।

निषेधाज्ञालाई प्रभावकारी बनाउन उल्लंघनकर्तालाई जरिवाना गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।

वैशाख २१ र २२ मा महानगरीय  परिसर ललितपुरले ८४ जनालाई जरिवाना गरेको छ । बारम्बार सम्झाउँदा पनि बिनाकाम हिँड्ने, तोकिएको भन्दा धेरै समय पसल खोल्ने र मास्क नलगाउनेलाई जरिवाना गरिएको महानगरीय परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

काठमाडौंका पनि सवै  स्थानिय प्रशासनको आदेश उल्लंघन गर्नेहरुलाई जरिवाना लिन थालेको महानगरीय परिसर काठमाडौंका प्रवक्ता  रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।

बिहिबारबाट जरिवानामा थप कडाई गरिने एसपी बस्नेतले बताए । संक्रामक रोग ऐन–२०२० अनुसार स्थानिय प्रशासनलाई ३ सय सम्म जरिवाना र ६ महिना  स’जाय गर्ने अधिकार छ ।

यो पनि

बुटवल । बुटवल औद्योगिक क्षेत्रमा रहेको एभरेष्ट एब्रोसिट एण्ड एलाईट उद्योग प्रालिमा जम्मा ९० जना मजदूर रहेकोमा सञ्चालक गणेशप्रसाद अधिकारीले अहिले २२ जनालाई उद्योगभित्रै खानेबस्ने व्यवस्थासहित काम लगाएका छन् । प्लास्टिकको डोरी उत्पादन गर्ने उक्त उद्योगमा अहिले २० प्रतिशतमात्र उत्पादन हुँदै आएको छ ।

औद्योगिक क्षेत्रमा रहेको मेटल काष्ट प्रालिले ढलको ढक्कन, पुल आदिका लागि चाहिले ठुला फलामका सामग्रीहरु उत्पादन गर्दै आएको छ । सो उद्योगले कोरोनाका कारण मजदूरको संख्या र सामग्री उत्पादनमा भारी कटौती गरेको छ । ८० जना मजदूर कार्यरत उद्योगमा अहिले २० जनाले मात्र रोजगारी पाएका छन् । ठाउँ ठाउँमा नि’षेधाज्ञा लागेको र अत्यावश्यक वस्तुको मात्र ओसारपसारमा अनुमति भएकाले उत्पादन कटौती गर्नु परेको उद्योगका सञ्चालक निश्चल खनालले बताए । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय