शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै यतिबेला काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी छ । निषे’धाज्ञाको ठूलो मा,रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा निमु’खावर्ग परेका छन् । यसअघि नेपालमा पहिलो पटक लकडाउन लगाउँदा पनि उनीहरु नै सबैभन्दा बढी प्रभा’वित बनेका थिए ।

आम्दानीको स्रोत नै गु’मेपछि उनीहरुलाई दुई छाकको जोहो गर्नु नै धौ’धौ परेको थियो । अहिले ठिक त्यही अवस्था दोहोरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि जनता भो’कभो’कै म’र्नु नदिन सरकार संवेदनशील रहेको पटक–पटक दोहोर्‍याउँदै आए पनि यसरी रोजिरोटी नै गु’मेकाहरूका लागि सरकारले अहिलेसम्म पनि केही गरेको पाइँदैन ।

प्रधानमन्त्रीको दाबी पछिल्लोपटक जस्तै यो पटक पनि ग’फमै सिमित बनेको छ । बरु, मनकारी संघसंस्थाहरूले बिहान बेलुका उनीहरुको खानाको व्यवस्था गरिरहेका छन् । यतिबेला १०० ग्रुपले टंकेश्वर क्षेत्रमा हरेक दिन मज’दूरहरुका लागि खाना बाँड्ने गरेको छ ।

 

यो पनि

गण्डकी, लुम्बिनीलगायतका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल मौसममा पश्चिमी न्यून चापीय प्रणाली तथा दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशभर बदली रहेको छ ।

महाशाखाका अनुसार बुधबार दिनभर सामान्यदेखि पूर्ण बदली रहने छ भने केही स्थानमा मेघगर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी राति पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। केही स्थानमा वर्षाको सम्भावना पनि रहेको छ ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय