शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

कोरोना भाइरस महामारीको दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको निषेधाज्ञाका बीच भर्चुअल माध्यमबाट आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) ले महोत्सवका दौरान हुने छलफल र वक्ताहरूबारे जानकारी गराएको छ।

मंगलबार महोत्सवको आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष तथा महोत्सव निर्देशक केपी पाठकले महोत्सव अवधिभर नेपाली फिल्मसम्बन्धी विभिन्न विषयमा छलफल हुने जनाएका छन्।

आगामी वैशाख २३ देखि २७ सम्म चल्ने महोत्सवमा नियमित फिल्म प्रदर्शनसँगै समानान्तर रूपमा छलफल पनि चल्नेछन्। आयोजकका अनुसार महोत्सवको उद्घाटनमा बलिउड निर्देशक अनुराग कश्यपले फिल्मबारे बोल्नेछन्।

त्यस्तै वैशाख २४ मा विजय सुब्बा, विश्वप्रकाश शर्मा, सत्या पहाडी, गंगा नारायण श्रेष्ठ ‘राजनीतिज्ञको दृष्टिमा चलचित्र’ बारे बोल्नेछन्।

वैशाख २५ गते ‘नेपाली चलचित्रमा महिलाको सहभागिता’ शीर्षकमा करिश्मा मानन्धर, दीपाश्री निरौला र रक्षा सिंह रानासँग सम्झना उप्रेति रौनियारले छलफल चलाउनेछिन् भने निर्देशक प्रताप सुब्बा जोडिनेछन्।

वैशाख २६ गते यादव भट्टराईले ‘कोरोनापछिको चलचित्र बजार’ शीर्षकमा रेखा थापा, अशोक शर्मा, अर्जुन कुमार र मनोज अग्रवालसँग बहस गर्नेछन्।

महोत्सवको अन्तिम दिन दीपेन्द्र लामाले ‘कहाँ छ नेपाली चलचित्र’ शीर्षकमा कृष्ण धरावासी, बबिता बस्नेत, युग पाठक, अनुभव अजित र प्रकाश भट्टराईसँग छलफल गर्नेछन्। नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय