शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

चर्चित बलिउड अभिनेत्री कङ्गना राणावतको ट्वीटर खाता निलम्बित भएको छ । ट्विटरले कंगना कङ्गना राणावतलाई निलम्बित गरेको जानकारी दिएको छ ।

ट्विटरले कम्पनिका दिशानिर्देशहरूलाई उल्लङ्घन गरेको भन्दै कङ्गनाको खाता निलम्बित गरेको हो ।

ट्वीटको श्रृंखलामा अभिनेत्रीले पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीलाई लिएर आपत्तिजनक टिप्पणी गरेकी थिइन् ।

आइतवार (मे २) विधानसभा निर्वाचन परिणामको घोषणापछि राज्यमा भएको माहोलका लागि अभिनेत्रीले ममता बनर्जीको आलोचना गर्दै कडा खालको टिप्पणी गरेकी थिइन् ।

ममता बनर्जीको नेतृत्वमा रहेको तृणमूल कांग्रेस (टीएमसी) ले पछिल्लो विधानसभा चुनावमा जितेपछि उनले पश्चिम बंगालमा राष्ट्रपति शासनको माग गर्दै ट्वीट गरेकी थिइन् ।

 

यो पनि

करीनाले कोरोनाबाट एक्लै भएका बच्चाका लागि उठाइन् कदम, तपाईपनि यसरी सहयोग गर्न सक्नुहुन्छ

काठमाडौं । भारतभर कोरोना महामारीले तहल्का मच्चाएको छ । धेरै व्यक्तिहरूले यस संक्रामक रोगका कारण आफ्ना प्रियजनहरू गुमाउन बाध्य भए । सबैजना आ–आफ्नो तर्फबाट सबैलाई सचेत रहन र अरुलाई सचेत गराउन कोशिस गर्दैछन् ।

बलिउडका धेरै सेलिब्रेटीहरूले पनि यस कठिन समयमा सामाजिक सञ्जालमार्फत मानिसहरूलाई सल्लाह दिनेदेखि सहयोग गर्नेसम्मका काम गरिरहेका छन् । यो बीचमा अभिनेत्री करीना कपूरले पनि धेरै पोष्ट सेयर गरेकी छिन् ।

भर्खरको पोष्टमा, उनले महामारीमा आमा बुबा गुमाएका बच्चाहरूको लागि एक हेल्पलाइन नम्बर जारी गरेकी हुन् । करीना कपूरले लेखिन्, ‘महामारीको कारणले एक्लै बाँचेका बच्चाहरुको लागि मेरो मन दुःखेको छ । त्यस्ता बच्चाहरु जसले एक वा दुवै जना मातापिता गुमाए वा उनका मातापिता अस्पतालमा भर्ना भएका छन् ।

कोभिड–१९ मा एक्लै भएका बच्चाहरूको लागि राष्ट्रिय बाल हेल्पलाइन १०९८ मा कल गर्नुहोस् ।’ करीनाले एक तस्विर पनि राखेकी छिन, जसमा यसको ढाँचा तयार छ । त्यसमा, बच्चाको नाम, लिङ्ग, उमेर, स्थान जहाँ क्षेत्र लेख्नुपर्छ ।

साथमा शहर र राज्य पनि खुलाउनुपर्छ । यदि बच्चाको आफन्त परिवारसँग सम्बन्धित केही थप जानकारी छ भने, ह्वाट्सएप नम्बर ७७७७०३०३९३ मा सम्पर्क गर्न सकिन्छ ।

करीनाको यो पोष्टले धेरै अनुयायीहरूलाई भावनात्मक बनायो । मानिसहरूले प्रतिकृया दिदैँ लेखेका छन् कि भगवानले उनीहरूका आफन्तका बच्चाहरूको हेरचाह गरुन् । करीना कपूरका बुबा रणधीर कपूर कोभिड पोजिटिभ भइसकेका छन ।

उनका स्टाफका सदस्यहरूमा पनि कोरोना थियो । उनलाई अस्पतालमा भर्ना गरिएको थियो । रणधीर कपूर अब आईसीयूबाट बाहिर निस्केका छन् । अहिले उनको स्वास्थ्य राम्रो भएको जानकारी दिइएको छ । जनबोली न्यूज नेटवर्क

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय