आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं

भक्तपुरमा सुत्केरी से’क्न झ्याल-ढोका थुनेर कोइला बालेर बसेका तीमध्ये एक जनाको नि’सास्सिएर मृ’त्यु भएको छ।

मृ’त्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका-३ की २२ वर्षीया सुनिता तामाङ छिन्। उनी भक्तपुर सूर्यविनायक-१० मिलन चोकमा आमासँगै डेरामा बस्दै आएकी थिइन्।

उनीसँगै कोठामा सुतेका आमा र बहिनी अ’चेत अवस्थामा छन्।

आमा ४० वर्षीया शान्तिमाया तामाङ र बहिनी १८ वर्षीया अनिता तामाङको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

आइतबार राति ११ बजे घरको झ्याल-ढोकाको चुकुल फो’डेर उनीहरूलाई निकालिएको थियो।

प्रहरीका अनुसार अनिता सोही दिन सुत्केरी भएकी थिइन्। सुत्केरी से’क्न कोठामा कोइला बालिएको थियो।

‘कोठाभित्र मकलमा बालेको कोइला भेटिएको छ, सबै झ्याल-ढोका भित्रबाट बन्द गरिएको थियो,’ परिसर प्रवक्ता दीपक गिरीले भने, ‘अक्सिजनको कमी भएकाले उनीहरू बे’होस भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

उनीहरू तीन तले घरको भुइँतलामा बस्थे।

सुनिताको मध्यपुर अस्पताल लगिएको दुई घन्टापछि मृ’त्यु भएको थियो।

शान्तिमायाका श्रीमान सलाम तामाङ राति कोठामा पुग्दा ढोका बन्द थिए। उनले श्रीमती शान्तिमायालाई फोन गरे। नउठेपछि भान्जा नाता पर्ने सोनाम तामाङलाई बोलाएका थिए।

‘झ्यालबाट हेर्दा भित्र सबै अ’चेत रूपमा ढ’लेको देखेपछि प्र’हरीलाई खबर आएको थियो,’ गिरीले भने।

त्यसपछि जगाती वृत्तबाट गएको प्र’हरीले झ्याल-ढोकाको चुकुल फोडेर हेर्दा तिनै जना मुखबाट फिँ’ज काढिरहेको अ’वस्थामा फेला परेका थिए।

अनिताले जन्माएको बच्चा त्यसै दिन भान्जा सोनामको साथी जेम्स कुसुलेको जेठान दाइ र दिदीलाई पालनपोषणको लागि जिम्मा दिएको प्र’हरीले जनाएको छ।

सुनिता र घाइते अनिताको वैवाहिक सम्बन्ध राम्रो नरहेकोले आमासँग बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ।

‘श्रीमानसँग सम्बन्ध राम्रो नभएका कारण शिशु जन्मनासाथ पालनपोषणका लागि जिम्मा दिएको बुझिन आएको छ,’ गिरीले भने।

मृ’तकको शव काठमाडौं मेडिकल कलेज दुवाकोटमा पो’ष्टमा’र्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।

घा’इते दुबै जनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहे पनि राम्ररी बोल्न नसकिरहेको प्रहरीले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय