बिहिबार , चैत्र ९, २०७९

काठमाडौं, २० वैशाख ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै रु १३ लाख वन ९झण्डै एक लाख ३८ हजार नेपाली रूपैयाँ० कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन्।

हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए।

इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको हो।रकममध्ये रु १० लाख एक हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए।

उनले इन्छन्स्थित एक प्रहरी कार्यालयमा उक्त रकम बुझाएर आफ्नो इमान्दारी देखाएका हुन्।

सन् २००९ मा पहिलोपटक दक्षिण कोरियामा इ–९ भिसा लिई कामदारका रूपमा प्रवेश गरेका श्रेष्ठ हाल भिसा परिवर्तन गरी एफ–२ रेसिडेन्सी भिसाअन्तर्गत कोरियामा बसोबास गरिरहेका छन्।

उनी इन्छन् होगुफोस्थित विदेशी सहायता तथा परामर्श केन्द्रमा लामो समयदेखि स्वयंसेवक भई दोभाषेका रूपमा काम गर्छन्।

रकम भेट्टाएर प्रहरीलाई बुझाउन पाउँदा आफूलाई खुशी लागेको उनले बताए।अझ जसको पैसा हो, उसैले पाइदिए झन् खुशी लाग्ने उनको भनाइ छ।

कोरियामा बाटोमा पैसालगायत अन्य बहुमूल्य सामान भेटेमा त्यत्तिकै छाड्ने वा प्रहरीलाई बुझाउने गर्नुपर्छ।

यदि प्रहरीलाई नुबुझाई आफैँले लगेमा चोरी गरेबराबर सजाय हुनसक्ने व्यवस्था छ। दैनिक न्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय