शनिबार , बैसाख १५, २०८१

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय लिएपछि देशको राजनीतिले फेरि नयाँ मोड लिएको छ ।

अविश्वासको प्रस्ताव आउने सम्भावनाको ढोका बन्द भएको छ । योसँगै अविश्वासको प्रस्ताव आउँदा नेकपा एमालेबाट फ्लोर क्रस हुनसक्ने सम्भावना पनि टरेको छ ।

अब एमालेको ओलीविरोधी समूहले कस्तो कदम चाल्ने हो र ओलीले उक्त समूहप्रति कस्तो व्यवहार देखाउने हुन् चासोको विषय बनेको छ ।

ओलीलाई कुनै हालतमा प्रधानमन्त्रीबाट हटाउन सक्रिय माधव नेपाल र उनको समूहले विश्वासको मतकै पक्षमा मतदान गर्ने सम्भावना देखिएको छ । तर, ओलीले बहुमत हासिल गर्न नसक्ने अवस्थामा मात्र त्यो सम्भावना देखिएको हो ।

ओलीले जनता समाजवादी पार्टीको समर्थन पाउने भएमा एमालेभित्रबाट विश्वासको मतको पक्षमा मतदान गर्ने ह्वीप उल्लंघनको सम्भावना छ । विश्वासको मतको पक्षमा बहुमत नहुने निश्चित भएमा भने एमालेबाट ह्वीप उल्लंघन हुनसक्छ ।

ओलीको चतुर्याईः फेरि प्रधानमन्त्री बनेर चुनाव गर्ने

विश्वासको मत लिनुपर्ने भएकाले ओलीले माधव नेपाल समूहलाई सांसदबाट पदमुक्त गर्ने सम्भावना पनि टरेको छ ।

तर, विश्वासको मतको विपक्षमा मतदान गरेमा भने सांसद पदबाट मुक्त गर्न सक्छन् । संविधानले ह्वीप उल्लंघन गर्नेलाई सांसद पदबाट मुक्त गर्न सक्ने व्यवस्था गरेको छ ।

ओलीनिकट स्रोतका अनुसार माधव नेपाल समूहलाई विश्वासको मत लिनु अघि कारबाहीको कुनै सम्भावना छैन । तर, ह्वीप उल्लंघन गर्नेमाथि भने कारबाही हुनसक्छ ।

यसकारण ओलीको विश्वासको मत लिने निर्णयले एमालेलाई भने एकतावद्ध नै राख्ने अवस्था सृजना गरेको छ । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय