शनिबार , बैसाख १५, २०८१

काठमाण्डाै – नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता शङ्कर पाेखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले शङ्कर पाेखरेललाई संविधानकाे धारा १६८​ काे उपधारा (१) बमाेजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएकाे हाे ।

यसअघि पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएकाे थियाे ।

मुख्यमन्त्री पाेखरेलले आज बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे ।

यो पनि

विमला वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनीमा एमालेकाे बहुमत नपुग्ने

रुपन्देही – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेसँगै लुम्बिनी प्रदेशको प्रदेश सभामा नेकपा एमालेको बहुमत नपुग्ने भएको छ ।

दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जित्नुभएको थियो । सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएपछि उहाँ दुवै समूहमा खुल्नुभएको थिएन । वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई गराइ सक्नुभएको छ ।

नेकपा एमालेबाट निर्वाचित उत्तरकुमार वलीकाे गाडी दुर्घटनामा ज्यान गएपछि उहाँकी पत्नी विमला उपचुनावमा विजयी हुनुभएको थियो ।

वलीले माओवादी रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्रै भएको छ । प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएलगत्तै एमालेको संसदीय दलको बैठकले फेरि पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय