युवा संघका केन्द्रीय सचिव आलमले प्रहरी कार्यालयभित्र कुटे प्रहरी

काठमाडौं ।

युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलमले जिल्ला प्रहरी कार्यालय बारा कलैयाभित्र प्रहरी जवानहरुमाथि बिहीबार दिउँसो हातपात गरेका छन्।

डियुटीमा रहेको प्रहरीहरुमाथि हातपात गरे पछि बारा प्रहरीले आलमलाई सात घण्टा नियन्त्रणमा लिएर छाडेको छ।

मोबिनको काकाका छोरा नातामा पर्ने परवेज आलमले श्रीमती नाजरा खातुनविरुद्ध र नाजरा खातुनले श्रीमान परवेज र ससुरा कुटपिट गरेको भनी जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा दुबै पक्षले उजुरी दिएको थियो।

भाई र भाउजु बीचको झगडा मिलाउनको लागि मोबिन आलमले युवा संघका केही स्थानीय नेताहरुलाई लिएर जिल्ला प्रहरी कार्यालय बारामा पुगेका थिए।

लिपनीका सयौ संख्यामा महिला स्थानीयहरुले श्रीमान परवेज आलम र श्रीमती नाजरा खातुनको जाहीरीको बारेमा थाहा पाउनको लागि जिल्ला प्रहरी कार्यालयको अगाडी धर्ना समेत दिएका थिए।

परिवारको सदस्यविरुद्धमा परेको जाहिरीको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय कलैयामा आलम प्रवेश गर्न खोज्दा गेटमा रहेका प्रहरी जवानहरुले गेटको ढोका खोल्न ढिलाई गरेका थिए।

गेटको ढोका खोलिए पछि आलम र गेटमा डियुटी गरि रहेका प्रहरी जवानहरुसँग बिवाद शुरु भएको थियो। बिवाद बढदै गए पछि आलमले प्रहरीहरु माथि नै हातपात गर्न शुरु गरेका बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।

आलमले हातपात गरे पछि प्रहरीहरुले उनलाई नियन्त्रणमा लिएको र डियुटीमा खटेका प्रहरी जवानसँगको छलफल पछि आलमलाई छोडिएको गौतमले बताए।

प्रहरीमाथि हातपात गर्ने आलम संविधान सभा सदस्य नेजमा खातुन तथा एमालेका नेता महबुब आलमका छोरा हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेका आलमलाई बारा प्रहरीले प्रहरी कुटिए पनि कुनै मुद्दा नै नचलाई छोडिएको घटनाले प्रहरीहरुको निष्पक्षतामाथि नै प्रश्न उठेको छ। नागरिकन्यूज

२०७८ बैशाख १९, आईतवार ०५:४२ गते 0 Minutes 204 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार