यो हो ‘नर्कको ढोका’ जुन ५२ वर्षदेखि निरन्तर जलिरहेको छएजेन्सी । कल्पना गर्नुहोस्, यदि तपाईंलाई थाहा भयो कि संसारमा एउटा यस्तो ठाउँ छ जुन ५२ वर्षदेखि निरन्तर जलिरहेको छ ।

चाहेर पनि निभाउन सकिँदैन । यो रहस्य देखेर वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् ।मानिसहरु यो ठाउँ नजिकै जान्छन् । अहिले यो पूर्ण रुपमा पर्यटकीय गन्तव्य बनेको छ । यो ठाउँ पूरै आगोले घेरिएको छ । यति मात्र होइन, यसमा लागेको आगो कुनै पनि हालतमा निभाउन सकिँदैन ।

यो ठाउँलाई ‘नर्कको ढोका’ पनि भनिन्छ । यसबारे वैज्ञानिकहरु अझै अनुसन्धान गरिरहेका छन्यो तुर्कमेनिस्तानको उत्तर मा स्थित छ । यो पूर्णतया मरुभूमिमा अवस्थित छ। यसलाई ‘नरकको द्वार’ भनिन्छ ।

यस खाडलमा आगो बल्ने सम्बन्धमा धेरैको आ–आफ्नै सिद्धान्तहरू छन् । कतिपयले यो गोप्य ठाउँ हो भन्ने विश्वास गर्छन् । यहाँको सरकारले संसारबाट केही लुकाउन खोजेको उनीहरु ठान्छन् । यो आगलागी प्राकृतिक ग्यासबाट भएको वैज्ञानिकहरुको अनुमान छ ।

सन् १९७१ मा सोभियत संघका भूवैज्ञानिकहरूले कच्चा तेलको भण्डार खोजिरहेका थिए । यस अवधिमा उनीहरुले प्राकृतिक ग्यासको ठूलो स्रोत फेला पारे । यहाँ उत्खननका क्रममा जमिन भासिएर ठूला–ठूला खाडल बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय