शनिबार , बैसाख १५, २०८१

खुसीको खबर सन्दीप लामिछाने को मुद्दा ढिसमिस हेर्नुहोस भिडियो सहित

नेपाल प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार पछिल्ला सात वर्षमा ३५ जना प्रहरी कर्मचारीले आत्महत्या गरेका छन्। जसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन्।

प्रधान कार्यालयले दिएको तथ्यांकअनुसार एक एसएसपी, एक प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), एक प्रहरी सहायक निरीक्षक (असई), पाँच प्रहरी हबल्दार, २१ प्रहरी जवान, दुई प्रहरी कार्यालय सहयोगी (प्रकास) समेतले आत्महत्या गरेका छन्।

सात वर्षकै आकडालाई केलाएर हेर्ने हो भने बर्सेनि आत्महत्या गर्नेको संख्या उकालो चढिरहेको छ। प्रहरी कर्मचारीमा देखिएको आत्महत्याको यो चित्र निकै डरलाग्दो रहेको पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल बताउँछन्।

‘आत्महत्या बढ्नु समाजका लागि निकै घातक विषय हो, त्यसमा पनि प्रहरीमा यस किसिमको आत्महत्या देखिनु सामान्य विषय हुँदै होइन,’ उनी भन्छन्, ‘जो सार्वजनिक शान्तिसुरक्षामा खटिन्छ, अपराध निवारण र अनुसन्धानमा खटिन्छ, त्यो संगठनभित्रका कर्मचारी यत्रो संख्यामा आत्महत्या गरिरहेका छन् भन्ने बुझ्नुपर्छ, स्थिति भयावह छ।’

एकातिर अवसाद (डिप्रेसन) ले आत्महत्याको ग्राफ बढिरहँदा अर्कातिर प्रहरी कर्मचारीमा असमयमै जागिर छाड्ने पनि बढेका छन्। पछिल्ला पाँचवटा आर्थिक वर्षमा पाँच हजार ९६१ प्रहरी कर्मचारीले स्वेच्छिक अवकाश लिएका छन्। जसमा तल्लो स्तरका कर्मचारीको संख्या अधिक छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय