शनिबार , बैसाख १५, २०८१

एक्कासी किन घट्यो १५० सि-सी पल्सर बाइक को मूल्य यति धेरै !!

दोहा कतारमा ठूलो हलमा कार्यक्रम गर्न विविध कारणले संभव भएन जसले गर्दा हिजोको कार्यक्रममा सयौं मानिसहरु फर्किनु पर्यो।त्यसका लागि क्षमा चाहन्छौं।

रास्वपालाई र मलाई माया गर्ने साथीहरुलाई भेट्न म छिट्टै फेरि कतार आउछु। त्यति बेलाको कार्यक्रम हलमा होइन स्टेडियममा हुने सल्लाह भएको छ।

देशमा फर्केने तपाईंको चाहना र विदेश रहदा समाधान हुनु पर्ने तपाईंको समस्या सबै सबै छ। तपाई हामीले सँगै देखेको सपना सँगै पूरा गर्नु छ । यति धेरै माया र विश्वासका लागि धेरै धन्यवाद ।

विभिन्न ठाउँ घुम्दा दोहा एक्स्पोमा पुगियो र परबाट फर्फराएको नेपाली झण्डा देख्दा मन प्रफुल्ल भयो। प्रवास नेपाली सम्पर्क विभाग, कतारका सबै साथीहरूलाई मुरि मुरि धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय