शुक्रबार , बैसाख १४, २०८१

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई

‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ ।

जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ ।

२६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ ।

दरिलो लिडरसिपले नै देश माथी लैजाने हो । जापानको राष्ट्रिय दैनिकले फ्रण्डपेजमै द फ्युचर अफ एसिया
शिर्षकमा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री ईमरान खान भन्दा अगाडि राखेको छ ।

एसियाको भविष्यका नेता छानिनु देशकै गौरव हो भने विकास र समृद्धिको बाटोमा देश अगाडी बढेको सुभ संकेत पनि हो ।

विश्वका शक्तिशाली मुलुकहरुले समेत नेपालको नेतृत्वको बारेमा प्रशंसा गरिरहेको समयमा नेपालका राजनीतिक दल
भने राजनीतिक खिचातानीमा नै व्यस्त रहेका छन् । एसियाकै भविष्य निर्धारणका मुख्य पात्रको रुपमा परिचित हुँदै

जानुभएका प्रधानमन्त्री ओलीको विरुद्धमा माओवादी केन्द्र तथा नेपाली कांग्रेसलाई भने वर्तमान ओली नेतृत्वको सरकार
ढालेर मुलुकलाई पुनः कालो बादलतिर धकेल्ने प्रयास गरिरहेका छन् । सुदर्शन खवर

 

यो पनि

उत्तर कोरियाले बनायो शक्तिशाली मिसाइल , अमेरिकासम्म सहजै , ट्रम्प रुष्ट

एजेन्सी

उत्तर कोरियाले एउटा यस्तो मिसाइल तयार पारेको छ, जसले अमेरिकाको कुनै पनि शहरसम्म हमला गर्न सक्छ ।
उत्तर कोरियाको सरकारी मिडियाका अनुसार, शनिवार मिलिट्री परेडका बेला नयाँ इन्टरकोन्टिनेन्टल ब्यालेस्टिक मिसाइल लञ्च गरेको हो ।

डेली मेलमा छापिएको रिपोर्टका अनुसार यो शक्तिशाली मिसाइलको जानकारी पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुष्ट बनेका छन् ।

यो नयाँ मिसाइलले उत्तर कोरियाबाट अमेरिकाको कुनै पनि शहरमा हमला गर्न सक्ने बताइएको छ ।

यो मिसाइल संसारकै सबैभन्दा लामो रोड मिसाइल बन्न सक्ने बताइएको छ । नयाँ मिसाइलको जानकारी पाएपछि ट्रम्प रुष्ट बनेका छन् । यो मिसाइलको लम्बाई २५ देखि २६ मीटरसम्म हुन्सक्ने बताइएको छ । त्यस्तै यो मिसाइलबाट २ हजार देखि ३५०० किलोसम्मको बम खसाल्न सकिन्छ ।

रिपोर्टका अनुसार वर्कस पार्टीको ७५ औँ वर्षगाँठको अवसरमा राती उत्तर कोरियाको राजधानी प्योंगयांगमा विशाल मिलिट्री परेडको आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय