बिहिबार , बैसाख २०, २०८१

दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शन शान्त बन्न सकेन । बल्खुमा विहीबार बिहान राजावादीहरु भेला हुनेबित्तिकै नेकपा एमालेको भातृ संगठन युवा संघको एक समूहसँग झडप भयो । केही मोटरसाइकल र स्कुटर तोडफोड भए ।

प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरेका कारण दुई-तीन समूहमा विभाजित भयो । उनीहरुको एक समूह बल्खुको पुल वारी र एक समूह पारी पर्‍यो ।

उनीहरुले एकै ठाउँमा मिसिन खोज्दा प्रहरीसँग झडप भयो ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सो झडपमा दुई प्रहरी र केही प्रदर्शनकारी घाइते भए ।

जिल्ला स्थिति तनावपूर्ण बनेपछि नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहोरासमेत प्रहार गर्‍यो । सोही कारण केही प्रदर्शनकारी तितर-बितर भएर बल्खु छाडे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय