बिहिबार , बैसाख २०, २०८१

मेडिकल व्यवसायी प्रसाईंले एक्लो मानिससँग राज्य हल्लिएको भन्दै गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको बताए । पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको भन्दै अब यो व्यवस्था अन्त्य नभएसम्म घर नफर्किने उद्घोष गरे । कि जेल जाने कि मर्ने कसम खाएर आफु काठमाडौँ आएको प्रसाईंको भनाइ छ ।

काठमाडौंको कार्यक्रममा सहभागी हुन आएका महिला महिला बसेको ठाउँमा युवासंघका कार्यकर्ताले हातपात गर्न खोजेको उनले आरोप लगाए । उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा आपत्ति समेत जनाए ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूहरुलाई जिस्काएमा काठमाडौंका मानिसले भात खान नपाउने गरी नाका ठप्प पारिदिने चेतावनी दिएका छन् । ‘हामीलाई जिस्काउने हो भने काठमाडौंका मान्छेले भात खान पाउँदैनन्,’ भक्तपुरस्थित आफ्नै घरमा पत्रकार सम्मलेन गर्दै बुधबार प्रसाईले भने, ‘ हामीलाई काठमाडौं छिर्न दिएनन् भने काठमाडौंका सबै नाका ठप्प पार्छौं ।’

मंसिर ७ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईले त्यसको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका हुन् । आफ्ना समर्थकहरुको हुटिङ र होहल्लाका वीच प्रसाईंले भने,‘भोलिदेखि विद्रोहको विरुवा रोपिन्छ । साम्यवाद कस्तो हुन्छ भन्ने म देखाइदिन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय