शुक्रबार , बैसाख २१, २०८१

दुर्गा प्रसाईं र ज्ञानेन्द्र शाही एउटै मंचमा |आगामी मंसिर ९ गते झापा बिर्तामोड स्थित इकोम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण पुर्वराजा ज्ञानेन्द्र शाहले गर्ने हुनुभएको छ ।
झापाको विर्तामोडमा संञ्चालनमा रहेका उक्त कलेजले आफ्नो नवनिर्मित भवनको अगागि स्थापना गरेको पृथ्वीनारायण शाहको सालिकलाई उहाँकै सन्तान समेत रहनुभएका ज्ञानेन्द्र शाहकै बाहुलीबाट उद्घाटन गर्न लागिएको कलेजका संस्थापक आलोक कार्कीले बताउँनुभयो ।
Kanakai Online

Home » बिर्तामोड इकोम कलेजमा पुर्वराजा ज्ञानेन्द्रले पृथ्वीनारायणको सालिक अनावरण गर्दै
बिर्तामोड इकोम कलेजमा पुर्वराजा ज्ञानेन्द्रले पृथ्वीनारायणको सालिक अनावरण गर्दै

कनकाई अनलाईन
आगामी मंसिर ९ गते झापा बिर्तामोड स्थित इकोम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण पुर्वराजा ज्ञानेन्द्र शाहले गर्ने हुनुभएको छ ।
झापाको विर्तामोडमा संञ्चालनमा रहेका उक्त कलेजले आफ्नो नवनिर्मित भवनको अगागि स्थापना गरेको पृथ्वीनारायण शाहको सालिकलाई उहाँकै सन्तान समेत रहनुभएका ज्ञानेन्द्र शाहकै बाहुलीबाट उद्घाटन गर्न लागिएको कलेजका संस्थापक आलोक कार्कीले बताउँनुभयो ।

कलेज परिसरमा राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न शाह बिर्तामोड आउने निश्चित भइसकेको र तयारी पुरा भएको समेत पत्रकार सम्मेलनको आयोजना गरि बताइएको छ । झापा मेचीनगरको पाचतारे होटल मेची क्राउनबाट पुर्वराजा ज्ञानेन्द्र सोझै कलेजको कार्यक्रममा सहभागि हुने र सालिक अनावरण गरि २ वटा राष्ट्रिय गीतको नृत्य हेर्ने कार्यक्रम रहेको तर कुनै औपचारिक मन्तव्य भने नरहेको कार्कीले बताउँनुभयो ।

८ बर्ष पहिलेबाट होटल मेनेजमेन्ट, कम्युटर साईन्स लगायातका विषयहरु अध्यापन हुदै आएको उक्त कलेजले राष्ट्र निर्माण र एकिकरणमा पृथ्वी नारायणको भुमिका महत्वपुर्ण भएकोले उहाँको इतिहासलाई ताजै राख्नका लागि सालिक निर्माण गर्न लागिएको बताउँदै आफुहरुले स्कुल कलेजका विद्यार्थी र अभिभावकलाई सहभागिताका लागि पत्र काटेको तथा झापाका सबै दललाई कार्यक्रममा निम्तो गरेको कलेजले जनाएको छ ।

यता राप्रपा झापाले भने झापामा राजा आउने भन्दै सहभागिताका लागि सबैलाई आव्हान गर्दै आएको छ । कलेज प्रशासनले भने राजा आउने कुरालाई राजनितिकरण नगरिदिन आग्रह गरेको छ ।

कलेजभित्र राजनिति हुदैन कुनै पार्टीको झण्डा हुदैन तर बाहिर के गरिन्छ हामीलाई थाहा भएन कलेजका संस्थापक कार्कीले पत्रकार सम्मेलनमा बताउँनुभयो । कलेजले आफ्नो परिसरमा ५ फुटको पृथ्वीनारायण शाहको पुर्णकदको सालिक बनाएर अनावरण गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय